आइफोनमा ‘एयरट्याग’ एप्पल अलर्ट खतराको सुचक, तुरुन्त ९११ मा सम्पर्क गर्न प्रहरीको सुझाव


प्रकाशित मिति : पुस १०, २०७८ शनिबार

आइफोनमा केही एप्पल अलर्ट खतराका सुचक भएको भन्दै प्रहरीले तुरुन्त ९११ मा सम्पर्क गर्न अनुरोध गरेको छ । एयरट्याग तपाईसँगै चलिरहेको भेटिएको छ वा यो एयरट्यागको लोकेशन फोनको मालिकले हेर्न सक्छन् जस्ता उल्लेख भएका अलर्टहरु आएमा खतराको सुचक रहेको र तुरुन्त प्रहरीलाई फोन गर्न भनिएको छ ।

एयरट्यागबारे अलर्ट आएमा तपाई सम्भावित खतरामा रहेको बुझ्नुपर्छ । यो अलर्ट एप्पलको सानो एयरट्याक नामको ट्रयाकिङ उपकरणको अलर्ट हो, जुन कम्पनीले चाबी वा झोला जस्ता हराएका सामानहरु पत्ता लगाउनका लागि बनाएको हो । तर यी उपकरणको प्रयोग गरेर कसैले कारज्याक गर्नसक्ने वा पछ्याउनसक्ने खतरा समेत हुनेगर्छ । वा कसैले तपाईको अनावश्यक ट्रयाकिङ गरिरहेको समेत हुनसक्छ ।

न्युयोर्कको वेष्ट सेनेका प्रहरीले भनेको छ यदि तपाईले आफ्नो फोनमा यसप्रकारको अलर्ट प्राप्त गर्नुभएको खण्डमा तपाईले तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्छ वा तपाईको गाडी नजिकको प्रहरी स्टेशनमा लैजानुपर्छ ।

यी ट्यागहरु साना हुने र कारमा जुनसुकै स्थानमा पनि लुकाउन सकिने खालका हुन्छन् । प्रहरीले गाडीमा एप्पलको एयरट्याग लुकाएर कसैले पिछा गरिरहेको रिपोर्टहरु प्राप्त गरेपछि चेतावनी जारी गरेको हो । आइफोनमा आएको अलर्टबाट प्रहरीले एयरट्याग भेटाएको थियो । प्रहरीले एकजना महिलाको गाडीको बम्परको तल एयरट्याग लुकाएको भेटाएको थियो ।

एयरट्याग लुकाएर पिछा गर्ने खतरा देशब्यापी रुपमा नै रहेको कोलोराडो प्रहरीले जनाएको छ । त्यस्तै जर्जिया, आइदायो, मिसिगन र ट्ेक्सासमा पनि यस्ता रिपोर्टहरु आएका छन् । मिसिगनमा एकजना व्यक्तिले आफ्नो चार्जरमा एयरट्याग लुकाएको भेट्टाएका थिए । चार्जर किनेको दुईघण्टापछि उनलाई आइफोनमा अलर्ट आएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com