झण्डै ५ सय मिलियन पुग्यो पावरवल ज्याकपट, जनवरी १ मा खोलिने, नोटको खात लगाए वर्ल्ड ट्रेड सेन्टर जत्रो


प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार

अमेरिकाको पावरबल लोटरी बुधबार पनि कसैलाई नपरेपछि झण्डै ५ सय मिलियन डलर पुगेको छ । आगामी जनवरी १ मा खोलिने यो लोटरी कसैलाई परेको खण्डमा झण्डै ५ सय मिलियन प्राप्त गर्नेछन् भने एकमुष्ठ नगद लिन चाहेको खण्डमा झण्डै साढे ३ सय मिलियन प्राप्त गर्नेछन् । एकसय डलरका नोटको खात लगाएको खण्डमा यो न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टर जत्रो अग्लो हुनेछ ।

पावरबल ज्याकपट अन्तिमपटक अक्टोबर ४ मा जितेका थिए । क्यालिफोर्नियाका विजेताले त्यतीबेला झण्डै ७ सय मिलियन डलर जितेका थिए । त्यो अगाडि जुन ५ मा फ्लोरिडाका विजेताले २८५ मिलियन, मार्च २७ मा पनि फ्लोरिडाकै विजेताले २३५ मिलियन, जनवरी ३० मा न्युजर्सीका विजेताले ३३ मिलियन, जनवरी २३ मा न्युजर्सीकै विजेताले २३ मिलियन र जनवरी २० मा मेरिल्याण्डका विजेताले ७३१ मिलियन जितेका थिए ।

यो लोटरी हरेक सोमबार, बुधबार र शनिबार राती न्युयोर्क समय अनुशार १० बजेर ५९ मिनेटमा खोलिन्छ । २ डलरमा किन्न सकिने यो टिकटमा एकडलर थपेको खण्डमा ज्याकपट बाहेकको अन्य पुरस्कार ५ गुणासम्म प्राप्त गर्न सकिन्छ ।

ज्याकपटक एकसय ५० मिलियन भन्दा कम भएको खण्डमा लोटरी जित्नेहरुले ज्याकपटबाहेकको अन्य पुरस्कार १० गुणासम्म बढी प्राप्त गर्न सक्नेछन् । तर त्यसका लागि १ डलर अतिरिक्त तिरेर डबल प्ले खेल्नुपर्छ ।

पावरबल लोटरी अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । त्यस्तै वासिंटन डिसी, पोर्तोरिको र भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । उक्त दिनको लोटरी राती कतिबजेसम्म किन्न सकिने भन्ने नियम फरक फरक क्षेत्रमा फरक फरक रहेको छ ।

कतिपय राज्यमा पावरबल टिकट अनलाइनबाट पनि किन्न सकिन्छ । तर कुन राज्यमा किन्न सकिन्छ भन्ने थाहा पाउन उक्त राज्यको लोटरीको वेवसाइट हेर्नुपर्छ । तर अनलाइनबाट टिकट बेच्ने भन्दै ठगहरु पनि सकृय हुने भएकाले त्यसबारे सावधानी अपनाउनुपर्छ । हरेक पावरबल लोटरी हरेक २५ जनामा एकजनालाई पर्ने सम्भावना हुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com