फिलाडेल्फियामा भएको भयानक आगलागीमा कम्तीमा १३ जनाको मृत्यु, ७ जना बालबालिकाहरु


प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

अमेरिकाको फिलाडेल्फियामा २६ जना व्यक्ति बस्दै आएको एउटा घरमा भयानक आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बुधबार उक्त तीनतले घरमा आगलागी भएको हो ।

मृत्यु हुनेमध्ये ७ जना बालबालिकाहरु रहेका छन् । घरमा ४ वटा स्मोक डिटेक्टर रहेपनि कुनैले पनि काम नगरेको जनाइएको छ । १० बर्षसम्म काम गर्ने लिथियम ब्याट्री राखिएका ती डिटेक्टरहरु कहिलेदेखि निकम्मा भएका थिए भन्ने केही खुलेको छैन ।

नर्थ २३ स्ट्रीटको ८०० ब्लकमा लागेको आगो नियन्त्रणमा लिन ५० मिनेट लागेको थियो । आगलागीबारे विहान ६ बजेर ४० मिनेटमा जानकारी आएको थियो ।

घरको पहिलो तल्लामा ८ जना बस्दै आएका थिए भने तेश्रो र चौथो तलामा १८ जना बस्दै आएका थिए । अग्नी नियन्त्रकहरुले किचन क्षेत्रमा आगोसँग संघर्ष गर्नुपरेको थियो । आगलागीका सन्दर्भमा कसैमाथि शंका गरिएको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । अधिकारीहरुले आगलागीमा ज्यान गुमानेहरुको उमेर र नाम अहिलेसम्म सार्वजनिक गरेका छैनन् । यो घर सिटीको आवासीय प्राधिकरणले संचालन गर्दै आएको जनाइएको छ । यो घर सन् १९२० मा निर्माण गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com