अमेरिकी सरकारले साना व्यवसायलाई सघाउन १० बिलियन डलर खर्च गर्ने
प्रकाशित मिति : पुस २४, २०७८ शनिबार
अमेरिकाले वञ्चित समुदायका साना व्यवसायलाई लक्ष्यीत गरेर १० बिलियन डलर खर्च गर्ने भएको छ । राजय साना व्यवसाय ऋण कार्यक्रमले उद्यम पुँजी प्रदान गर्ने वा साना फर्महरूलाई ऋण जारी गर्न निजी ऋणदाताहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूको लागि राज्य, क्षेत्र र आदिवासी सरकारहरूलाई पैसा प्रदान गर्नेछ ।
यो कार्यक्रमले सन् २००७ देखि सन् २००९ सम्म अमेरिकामा आएको मन्दी पछि लागू गरिएको नीतिलाई पुनर्जीवित गर्नेछ । त्यतीबेला बैंकहरूले साना व्यवसायहरुलाई ऋण दिन कटौती गरेपछि यस्तो कार्यक्रम लागु गरिएको थियो ।
यो १० बिलियन डलरको कार्यक्रम अघिल्लो कार्यक्रमको तुलनामा ६ गुणा बढी रहेको छ । किनभने यो रकम वञ्जित भएका अल्पसंख्यक लगायतका साना व्यवसायहरुका लागि लक्ष्यीत गरिएको छ ।
यो रकम गतबर्षको मार्चमा पारित १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजकै हिस्सा हो । ट्रेजरी डिपार्टमेन्टले यो रकम सन् २०२२ को पहिलो क्वार्टरबाट वितरण सुरु गर्ने अपेक्षा गरिएको छ ।
कतिपय रिपब्लिकनहरुले १० बिलियन डलरको यो कार्यक्रम अनावश्यक भएको बताएका छन् । महामारीको बेलामा नै १ ट्रिलियन डलरभन्दा धेरै रकम साना व्यवसायहरुलाई सहायता स्वरुप गइसकेको भन्दै यो कार्यक्रमको आलोचना गरेका हुन् ।