मेरिल्याण्ड संसद अधिवेशनमा सांसद भण्डारीबाट दशैं विधेयक औपचारिक रूपमा दर्ता
प्रकाशित मिति : माघ १२, २०७८ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/01/Harry-Bhandari.jpg?fit=1496%2C1558&ssl=1)
मेरिल्याण्ड संसद अधिवेशनको आजको शत्रमा दशै विधेयकलाई औपचारिक रूपमा प्रस्तुत गरिएको राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन् । नेपालमा उत्पति भै धेरैजसो दक्षिण एसियाली देशहरू र डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि संसदमा प्रस्तुत गर्दा एक नेपाली मूलको विधायक हुनुले गौरवको अनभूति भएको भण्डारीको भनाई छ ।
भण्डारीले भनेका छन् – ‘विधेयकको प्रस्तावनामै बसुधैव कुटूम्बकमको भावनाबाट अभिप्रेरित यो चाड असत्यमाथि सत्यको जीत हुँदा उत्सवका रूपमा मनाइन प्रारम्भ गरिएकोले यसको सर्वकालिक महत्व रहेको उल्लेख गरेको छु । हरेक वर्ष अक्टोबर ५ लाई दशै दिवशका रूपमा मान्यता दिइयोस् भनेर प्रस्तुत गरिएको यो विधेयक अब कानून बन्ने विधायिकी प्रक्रियामा प्रवेश गरेको छ ।’
![](https://i0.wp.com/sgp1.digitaloceanspaces.com/appharuphotos/khasokhas/uploads/2021/02/149549326_2952775571617969_4011748603952949143_o.jpg?resize=720%2C526&ssl=1)
‘यो विधेयकलाई ऐन बनाउने तार्किक निस्कर्षमा पुर्याउन सहज छैन तर असम्भव पनि छैन । सपना देखिएको छ र प्रयास भएको छ, प्रयत्न जारी रहने छ। विविधता नै सुन्दरता मानिने यो देशले कुनै दिन दशैंले अवश्य पनि मान्यता पाउँने नै छ ।’ भण्डारीले सामाजिक सञ्जालमा भनेका छन् ।
यस अभियानको प्रारम्भकर्ता भएकाले यसलाई तार्किक निस्कर्षमा पुर्याउन आफ्ना प्रयत्न सदैव रहने उनको भनाई छ । संसदमा यो कसरी अगाडि बढ्छ भन्ने बारेमा समय समयमा जानकारी उपलव्ध गराउने उनले बताएका छन् ।