न्युयोर्कको म्यानहटनमा ट्रेनमा सुतिरहेका ३८ बर्षका व्यक्तिमाथि रड प्रहार र लुटपाट


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

आइतबार राती न्युयोर्कको ट्रेनमा सुतिरहेका ३८ बर्षका व्यक्तिमाथि रड प्रहार र लुटपाट भएको छ । १८१ स्ट्रीट हडसन हाइटमा राती साढे ९ बजेतिर ए ट्रेनमा रहेका ती व्यक्तिमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

तीनजना व्यक्ति आएर उनीमाथि आक्रमण गरेका थिए । जसमध्ये एकजनाले उनलाई रडले प्रहार गरेको थियो । पीडितसँग भएको मोबाइल लुटेपछि लुटेराहरु त्यहाँबाट भागेका थिए ।

घटनापछि पीडितपनि ट्रेनबाट बाहिर निस्केका थिए । उनलाई हार्लम अस्पतालमा लगिएको थियो भने उनको अवस्था स्थीर रहेको जनाइएको छ । सोमबार विहानसम्म आक्रमणकारीहरुलाई पक्राउ गरिएको छैन ।

अपर म्यानहटनमा ट्रेनस्टेशनमा एकजना व्यक्तिमाथि आक्रमणको घटना भएको केही घण्टापछि यो घटना भएको हो । वेष्ट १४५ स्ट्रीटमा वान ट्रेन कुरिरहेका एकजना व्यक्तिमाथि आइतबार विहान ३ बजे आक्रमण भएको थियो । तीनजनाको समुहमा आएका आक्रमणकारीले उनको अनुहारमा मुक्का हानेका थिए ।

आक्रमणकारीले ट्रेन कुरिरहेका व्यक्तिको साथमा रहेको मोबाइल र २० डलर नगद लुटेर भागेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com