राष्ट्रनिर्माण र देशमा रोजगारी सृजना गर्नु एनआरएनको अबको लक्ष्य


प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार

 

तुला भटट्चन

गैरआवासिय नेपाली संघको आगामी कार्य योजना सहित नयाँ योजना बनाउनका लागि आयोजना हुन लागेको नवौं क्षेत्रिय सम्मेलन नेपालमा भुकम्प पछिको पुर्ननिमार्ण र देशमा स्वरोजगार दिलाउनका लागि एनआरएनले कस्तो भुमिका खेल्नुपर्छ भन्ने विषयमा केन्द्रीत हुनुपर्छ ।
भिजन २०२० र त्यसपछिको योजना यसका मुख्य बिषय हुनेछन् । अब देशमा युवालाई रोजगारको अवसर दिलाउनका लागि एनआरएनले कार्ययोजना बनाउन जरुरी छ । देश अहिले भुकम्पले थला परेको छ भने देशमा युवालाई रोजगार दिनका लागि छिटो बिकासका योजना ल्याउनु पर्छ ।

सबै गैर आवासिय नेपाली संघका नेताहरुले अब नेपाललाई साँच्चिकै नयाँ बनाउनका लागि छलफल चलाउन आवश्यक छ । अब एनआरएनले विदेशमा बस्ने लाखौं नेपाली र नेपालमा रहेका करोडौ नेपालीहरुको भविश्यका लागि कार्य योजना बनाउनुपर्छ । साथै मध्यपूर्वमा ४० डिग्रीमा काम गर्ने नेपालीहरुलाई नेपालमै फर्काएर स्वरोजगार बनाउने योजना हामीले बनाउनु पर्छ ।

देशमा राजनितिका कुरा घेरै भए । अब आर्थिक कुरा गरौं र देशलाई अबको केही बर्षमा समुन्नत बनाउनका लागि कार्य योजना हामीले बनाउनुपर्छ । एनआरएन बिदेशमा रहेका नेपालीहरुको साझा सस्था मात्रै नभई ब्यवसायिक तथा कुटनीतिक क्षेत्रमा लिड गरिरहेकाहरुको सस्था भएकाले हाम्रो देशलाई साँचिकै सुन्दर बनाउनका लागि ठोस कार्यनीति बनाउन आवश्यक भइसकेको छ ।

भट्टचन एनआरएन क्यानडाका प्रतिनिधि हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com