अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ लाख नाघ्यो, ४९ राज्यमा संक्रमण घट्दो


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

अमेरिकाका कोरोनाका कारण मृत्यु हुनेको संख्या झण्डै २ बर्षमा ९ लाख नाघेको छ । मध्य शुक्रबारसम्म मृत्यु हुनेको संख्या ८ लाख ९७ हजार नाघेकोमा शनिबार यो संख्याले ९ लाख नाघेको हो । जसमा ५० जनाभन्दा बढी नेपालीहरु समेत रहेका छन् ।

कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या अमेरिकाका अहिलेपनि २४ सयको हाराहारीमा रहेको छ । तर विगतको तुलनामा अमेरिकाका ५० वटामध्ये ४९ वटा राज्यहरुमा संक्रमणदरमा कमी आएको छ ।

संक्रमणबाट अस्पताल भर्ना हुने दरमा पनि १५ प्रतिशत कमी आएको छ । ओमिक्रोनको खराब अवस्था अब लगभग अन्त्यतिर आएको देखिएको छ भने जनस्वास्थ्य अधिकारीहरुमा आशा थपिएको छ । लस एन्जलसले घरबाहिर मास्क अनिवार्यको प्रावधानलाई केही सातामा अन्त्य गर्ने तयारी गरेको जनस्वास्थ्य निर्देशक डाक्टर बारबरा फेररको भनाई छ ।

एरिजोनामा पनि संक्रमण हुने र दैनिक अस्पताल भर्ना हुने दरमा कमी आएको छ । यद्यपी संक्रमणबाट मृत्यु हुने दर भने औषत ६१ जनाबाट ७९ जनामा पुगेको छ । आयोवा गभर्नरले पनि राज्यमा लगाइएको स्वास्थ्य संकटकाल हटाउने भएकी छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com