अमेरिकामा १० हजार डलरको एसबीए सहयोगका लागि फेब्रुअरी १५ सम्म पुनर्विचार आवेदन दिन सकिने


प्रकाशित मिति : माघ २३, २०७८ आईतबार

अमेरिकामा रहेका साना व्यवसायहरुले १० हजार डलरको एसबीए सहयोग टार्गेटेड ईआईडीएल एड्भान्स रकमका लागि फेब्रुअरी १५ सम्म पुनर्विचार आवेदन दिनसक्ने एसबीएले जनाएको छ । पहिले नै टार्गेटेड एईआईडीएल एड्भान्स रकमका लागि आवेदन दिएका तर अस्वीकृत भएकाहरुले पुनर्विचारका लागि आवेदन दिनसक्नेछन् ।

पहिलो पटक आवेदन दिनेहरुका लागि भने गत डिसेम्बर ३१ मा नै म्याद सकिएको छ । डिसेम्बर ३१ अगाडि आवेदन दिएका तर अस्वीकृत भएकाहरुलेमात्र पुनर्विचारका लागि आवेदन दिन सक्छन् । यो रकम फिर्ता गर्नु नपर्नेगरी एसबीएले साना व्यवसायहरुलाई प्रदान गर्छ ।

कम आम्दानी भएका समुदायमा रहेका, आम्दानीमा गिरावट आएका र ३ सय भन्दा कम कर्मचारीहरु भएका व्यवसायले यो सहायतामा प्राथमिकता पाउँछन् । सन् २०२० को मार्च २ पछिको कुनै ८ हप्तामा ३० प्रतिशतभन्दा धेरै आम्दानीमा गिरावट भएको देखाउनसक्ने व्यवसाय यो सहायताका लागि योग्य हुन्छन् ।

एसबीएले अहिलेसम्म अमेरिकामा रहेका झण्डै ६ लाख व्यवसायलाई यो सहायता अन्तरगत ५ बिलियन डलर प्रदान गरिसकेको छ । सुरुको आवेदन अस्वीकृत भएकाहरुले पुनर्विचारका लागि [email protected] मा इमेल गर्न सक्नेछन् । आफ्नो एप्लीकेशन नम्बर, व्यवसायको नाम र योग्यता प्रमाणित गर्ने कागजातहरुसहित इमेल गर्नुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com