अमेरिकासहित ८ देशबाट हङकङ आउने उडानमा प्रतिबन्ध थप, सुचीमा थपियो नेपाल


प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार

हङकङले अमेरिकासहित ८ देशबाट आउने उडानमा लगाइएको प्रतिबन्ध आगामी मार्च ४ सम्मका लागि थप गरेको छ भने प्रतिबन्धको सुचीमा नेपाललाई पनि थप गरेको छ । अब हङकङ आउने उडानमा प्रतिबन्ध लगाइएका देशको सुची ९ पुगेको छ ।

हङकङले अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, इन्डिया, पाकिस्तान र फिलिपिन्सबाट आउने उडानमा प्रतिबन्ध लगाउदै आएको छ । शुक्रबार त्यसमा नेपाललाई पनि थपिएको हो । कोरोनको महामारी बढेको भन्दै यी देशहरुबाट हङकङ आउने उडानमा रोक लगाइएको हो ।

अहिले हङकङ आउने उडानमा ९० प्रतिशत कमी आएको छ भने ट्रान्जिटका लागि पनि प्रायलाई अनुमति छैन । विश्वबाट आफूलाई अलग गरेर हङकङले कोरोनाबिरुद्ध लडिरहेपनि हङकङमा स्थानीय संक्रमण भने उच्च रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com