अमेरिकाका अध्यागमन अदालतमा १६ लाख मुद्दाको चाङ, नेपालीका मात्रै ४ हजार शरणका मुद्दा


प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार

अमेरिकाका अध्यागमन अदालतमा झण्डै १६ लाख भन्दा धेरै मुद्दाको ब्याकलग कायम भएपछि अध्यागमन अदालतहरु आधारभूत स्तरमा संचालनका लागि समेत संघर्ष गर्नुपरेको छ । अमेरिकी अध्यागमन अदालत प्रणालीमा दशकौंदेखि समस्या रहेतापनि डोनाल्ड ट्रम्पको कार्यकालमा ल्याइएका नीतिका कारण थप संकट उत्पन्न भएको थियो । बाइडेन प्रशासन यसलाई सच्याउन संघर्षरत रहेको छ ।

बराक ओबामाको कार्याकालको अन्तिम समयमा अध्यागमन अदालतमा मुद्दाको ब्याकलग ५ लाखको हाराहारीमा रहेको थियो । अहिले त्यसमा झण्डै तीनगुणा बृद्धि भएको छ । कोरोनाको महामारीका कारण अध्यागमन अदालत बन्द हुँदा ब्याकलग थपिने क्रम अझ बढेको हो ।

अध्यागमन अदालतमा नेपालीहरुका मात्रै ४ हजारभन्दा धेरै मुद्दाहरु निर्णय हुन बाँकी रहेको अवस्थामा रहेका छन् । जसमध्ये न्युयोर्कका अदालतमा मात्र २१ सय नेपालीका मुद्दाहरु निर्णय हुन बाँकी रहेका छन् । त्यस्तै क्यालिफोर्नियामा १ हजारभन्दा धेरै नेपालीका मुद्दामा निर्णय हुन बाँकी रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com