वर्क परमिट र भिसा थप/परिवर्तनमा समेत शीघ्र प्रकृयाको नियम व्यवस्थापन र बजेट कार्यालयबाट पारित


प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार

अमेरिकामा युएससीआईएसले ल्याउन लागेको वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटबाट पारित भएको छ । अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटमा पुनरावलोकनका लागि पेश गरिएको यो नियम स्वीकृत भइसकेकाले अब छिट्टै प्रकाशन र लागु गरिने भएको छ ।

गत डिसेम्बरमा पेश गरिएको यो नियम पुनरावलोकन गर्न अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटसँग ९० दिनको समय रहेपनि त्योभन्दा अगाडि नै प्रकृया पूरा भएको छ । नयाँ नियममा शीघ्र प्रकृयाको अवधि र शुल्क समेत हेरफेर हुने भएको छ ।

अमेरिकी संसदले गतबर्षको अक्टोबरमा अब आई १४० र आई १२९ आवेदनका साथमा अब विभिन्न भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा समेत युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस अपनाउन सक्ने गरी मापदण्ड पारित गरेको थियो । प्रकाशित हुने तयारीमा रहेको युएससीआइएसको नियमले निश्चित आवेदनमा अतिरिक्त शुल्क तिरेर छिटो निर्णय गराउन सक्ने युएसीआईएसको कार्यक्रमलाई स्थायी रुपमा थप गर्नेछ ।

ल्याइन लागिएको नयाँ नियम अनुशार रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्री अन्तरगत बहुराष्ट्यि मेनेजर, राष्ट्रिय चासोको छुट र चिकित्सकहरुका सन्दर्भमा पनि शीघ्र प्रकृया शुल्क २५ सय डलरसम्म बनाइनेछ । शीघ्र पकृया शुल्क तिरेपछि यी आवेदनहरुमा युएससीआईएसले ४५ दिनभित्र निर्णय दिइनेछ ।

त्यस्तै एफ, जे र एम भिसामा स्टाटस परिवर्तन गर्दा वा भिसा थप गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याउन लागिएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

त्यस्तै ई, एच, एल, ओ, पी र आरका डिपेन्डेन्टहरुका भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याउन लागिएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

वर्क परमिटको आवेदनमा समेत यो सुविधा ल्याउन लागिएको छ । वर्क परमिट आवेदनमा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइदैछ छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।

अहिले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि शीघ्र प्रकृया शुल्क २५ सय डलर रहेको छ । त्यस्तै कामदार भिसाका आवेदन आई १२९ का लागि पनि शीघ्र प्रकृया शुल्क २५ सय डलर कायम रहेको छ । अतिरिक्त शुल्क तिरेपछि यी आवेदनमा युएससीआईएसले १५ दिनभित्र निर्णय दिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com