हाइवेमा ४० वटा गाडी एकैठाउँ दुर्घटना हुँदा पेन्सिलभेनियामा कम्तीमा ३ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार

अमेरिकाको पेन्सिलभेनियामा हिमआँधीका कारण सडकमा ४० वटा गाडी दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । सोमबार पेन्सिलभेनियाको हाइवेमा कैयन गाडीहरु दुर्घटनाग्रस्त भएका थिए ।

इन्टरस्टेट ८१ मा हिमआँधी र हुस्सुका कारण गाडीहरु दुर्घटना भएको जनाइएको छ । कम्तीमा २० जना घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । सोमबार विहान साढे १० बजेपछि उक्त दुर्घटना भएको हो ।

दुर्घटनापछि उक्त हाइवे बन्द गर्नुपरेको थियो । हाइवेमा गाडी चलाइरहेका बेला हुस्सु र हिमपातले अगाडि देख्न मुस्किल भएपछि गाडीहरु दुर्घटनाग्रस्त भएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com