युएससीआईएसले १० बर्ष पुराना ‘ई भेरिफाइ’का रेकर्ड नष्ट गर्ने म्याद मे ६ सम्म थप


प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसले १० बर्ष पुराना ई भेरिफाइुका रेकर्ड नष्ट गर्ने म्याद मे ६ सम्म थप गरिएको छ । मे ६ मा युएससीआईएसले १० बर्ष पुराना ई भेरिफाइका रेकर्डहरु नष्ट गर्ने भएको छ । सन् २०११ को डिसेम्बर ३१ भन्दा अगाडिका सबै रेकर्ड नष्ट गर्ने युएससीआईसले जनाएको छ ।

युएससीआईसले नष्ट गर्नु अगाडि ई भेरिफाइ गर्ने रोजगारदाताहरुले केस सम्बन्धित पुराना सुचना र रेकर्डहरु डाउनलोड गर्न सक्नेछन् । त्यसका लागि आगामी मे ५ भित्र भित्र डाउनलोड गरिसक्नुपर्ने युएससीआईएसले जनाएको छ ।

रोजगारदाताहरुले ई भेरिफाइ केस प्रमाणिकरण नम्बर फर्म आई ९ रोजगार योग्यता प्रमाणिकरण फर्मसँगै उल्लेख गर्न आवश्यक हुन्छ वा फर्मसँगै ई भेरिफिकेशनको केसको विस्तृत विवरण भएको पेज राख्नुपर्छ । रोजगारदाताहरुले फर्म आई ९ सँगै ऐतिहासिक अभिलेख रिपोर्टहरु राख्नुपर्छ ।

ई भेरिफिकेशन वेवसाइटमा आधारित प्रणाली हो । रोजगारदाताले कामदार अमेरिकामा काम गर्न योग्य भए नभएको प्रमाणिकरण यो प्रणालीमार्फत गर्न सक्छन् । योग्य भएको प्रमाणित भएमा यसको रेकर्ड आई ९ फर्मसँगै राख्नुपर्छ । पेरोलमा काममा राखिएका हरेक व्यक्तिको आई ९ फर्म राख्नुपर्छ ।

कुनै व्यक्तिलाई काममा राखेको ३ बर्षसम्म वा काम छाडेको एकबर्षसम्म जुन पछिल्लो अवधि हुन्छ त्यो अवधिसम्म आई ९ फर्म सुरक्षित राख्नुपर्छ । यो फर्म युएससीआईएस वा आईससमक्ष फाइल गर्नु पर्दैन । तर सरकारी अधिकारीहरु निरिक्षणमा आएको खण्डमा भने यो फर्म देखाउन आवश्यक हुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com