अमेरिकी अध्यागमन लगायतका १११ टिप्स समेटिएको ‘जिरो माइल’ गुगल बुक्समार्फत ६६ देशमा


प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार

खसोखासका प्रधान सम्पादक किशोर पन्थीबाट लिखित अमेरिकी अध्यागमन लगायतका १११ टिप्स समेटिएको जिरो माइल गुगल बुक्समार्फत ६६ देशमा उपलब्ध भएको छ । गुगल प्ले बुक्समार्फत विश्वका ६६ देशमा रहेका पाठकहरुले यो पुस्तक अनलाइनमा पढ्न सक्ने भएका छन् ।

अमेरिका, यूके, युरोपका कैयन देशहरु लगायतमा गुगल प्लेमा उपलब्ध यो पुस्तक आइफोन वा एन्ड्रोइड मोबाइलमा गुगलको प्ले बुक्स नामको एप्लीकेशन डाउनलोड गरेर पढ्न सकिन्छ । पुस्तकको २० प्रतिशत भाग निशुल्क समेत पढ्न सकिने व्यवस्था गरिएको छ ।

गुगल बुक्समा प्रिभ्यु हेर्नका लागि यहाँ क्लीक गर्नुहोला । यो विश्वभर उपलब्ध छ ।

गुगल प्ले बुक्समार्फत बेवसाइट, ट्याब्लेट, फोन र इ रिडरमा पुस्तक पढ्न सकिने भएको छ । पुस्तकको प्रकाशक नमस्ते इन्टरनेशनल मिडिया गु्रप पाइभेट लिमिटेड रहेको छ भने गुगल प्ले बुक्समा उपलब्ध उपलब्ध ईबुक्सको बिक्रेता गुगल एलएलसी रहेको छ ।

गुगल प्लेमा पुस्तक पढ्न यहाँ क्लीक गर्नुहोला । यो विश्वका ६६ देशमा मात्र उपलब्ध छ ।

पुस्तक जिरो माइलमा अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका सन्दर्भमा मात्र होइन, अमेरिकामा गइसकेपछि चाल्नुपर्ने विभिन्न कदमहरुबारे टिप्स र जानकारीहरु समेत समावेश गरिएको छ । अमेरिका गइसकेका र जान चाहनेहरुका लागिमात्र नभई अमेरिकाको जटिल अध्यागमन कानूनबारे चासो राख्ने सबैका लागि पुस्तक उपयोगी रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com