तीनदिनमा २ हजार घट्यो प्रतितोला सुनको मूल्य


प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २००मा कारोबार भएको थियो ।

आइतबार साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको थियो । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियो । यसरी तीनदिनमा सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २९० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५८ डलर आसपास कारोबार भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com