स्थानीय तह निर्वाचन तस्वीरमा (फोटो फिचर)


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै ९७ वर्षीया नन्दकली केसी । तस्बिर: रामबहादुर थापा/रासस

 

काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी । तस्बिर: नवीन पौडेल/रासस

 

भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर: नवीन पौडेल/रासस

 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार केशव स्थापित । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

 

पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्य पोखरा–३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : वासुदेव पौडेल/रासस

 

काठमाडौँ महानगरपालिका–२९ स्थित मिलन विद्यामन्दिर केन्द्र अनामनगरमा मतदान गर्दै निर्वाचन आयुक्त रामप्रसाद भण्डारी । तस्बिर: प्रदीपराज वन्त/ रासस

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

स्थानीय तह निर्वाचनमा मतदान गर्न शुक्रबार काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रमा पुग्नुभएका ज्येष्ठ नागरिक । तस्बिरः:नवीन पौडेल/रासस

 

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

 

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : निरा गौतम/रासस

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै । तस्बिरः: नारायण अधिकारी/रासस

 

भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल । तस्बिर: नारायण अधिकारी/रासस

 

भरतपुर महानगरपालिका– १२ मा रहेको मोहोन माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका प्रत्यासी विजय सुवेदी । तस्बिरः नारायण अधिकारी/रासस

 

नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै । तस्वीर : भरत केसी, रासस

 

स्थानीय तह निर्वाचनमा अटेरी अभियानका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार गणेश पौडेल पोखराको मmझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा मतदान गर्दै । तस्वीर : राधिका कँडेल, रासस

 

स्थानीय तह निर्वाचनमा मतदानका लागि पोखरा महानगरपालिका वडा नं १४ मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा लामबद्ध सर्वसाधारण । तस्वीर : राधिका कँडेल, रासस

 

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन ललितपुर महानगरपालिका–३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः नवीन पौडेल/रासस

 

सूर्यविनायक नगरपालिका–१ सिरुटार मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदानका गर्दै वागमती प्रदेश सभाका सांसद शशीजंग थापा । तस्वीर : रमेश गिरी, रासस

 

सूर्यविनायक नगरपालिका–१ सिरुटार मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदानका गर्न लामबद्ध सर्वसाधारण । तस्वीर : रमेश गिरी, रासस
धनगढीको शारदा माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा स्थानीय तह निर्वाचनमा मतदान गर्न लामबद्ध सर्वसाधारण । तस्वीर ः तिलकराज ओझा/रासस

 

नगढी स्थित बासुदेवी माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै धनगढी उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार नृपबहादुर वड । तस्वीर ः तिलकराज ओझा/रासस

 

पाल्पा रामपुरको दरैठाँटी मावि मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्वीर ः सुशीला रेग्मी/रासस

 

शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मपुरस्थित बैजनाथ आधारभूत विद्यालयमा स्थानीय तह निर्वाचनका लागि जेष्ठ नागरिकलाई मतदान गर्नका लागि मतदान केन्द्रतर्फ लैजाँदै आफन्त । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

 

लमजुङ क्व्होलासोथर गाउँपालिका– ९ गिलुङको वुद्धोदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । तस्वीर : जनक श्रेष्ठ/रासस

 

कञ्चनपुरको महेन्द्रनगरस्थित शान्ति निकेतन माविमा रहेको मतदान केन्द्रमा मतदान गर्दै स्थानीय मतदाता । तस्वीर : शेरबहादुर सिंह, रासस

 

मध्यान्हपछि रसुवाको मतदान केन्द्रमा मतदाता उत्साहका साथ भिड । तस्वीर : ज्ञानेन्द्र न्यौपाने, रासस

 

लमजुङ सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्रदेव माध्यमिक विद्यालयको मतदान केन्द्र शुक्रबार ७ बिहान बजे मतदान गर्दै जानकीकुमारी तुलाधार । यस केन्द्रमा एक हजार ३४८ जना मतदाता रहेका छन् । तस्वीर : जनक श्रेष्ठ/रासस

 

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै । तस्वीर ः अजय शाह/रासस

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ बाट आफ्नो मताधिकार प्रयोग गरी मतदान गर्दै । तस्वीर : रमेश गिरी, रासस

 

बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको सनातन धर्म मावि मतदान केन्द्रमा मतदानका लागि जाँदै गरेको फरक क्षमता भएका व्यक्ति । तस्वीर ः विनोद सिंह विष्ट/रासस

 

नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकामा प्रमुख पदका प्रत्यसी नागेश कोइराला महानगरपालिकामा रहेका सरस्वती उच्च माविको मतदान केन्द्र मतदान गर्दै । तस्वीर ः मनोज दाहाल /रासस

 

स्थानीय तह चुनावको दिन सुनसान देखिएको सिंहदरबार जाने सडक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

 

नेपाली काँग्रेस नेता रमेश लेखक कञ्चनपुरको वेदकोट–८, को मतदान केन्द्रबाट मतदान गर्दै । तस्वीर : शेरबहादुर सिंह/रासस

 

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्वीरः मनोज दाहाल /रासस

 

स्थानीय तह निर्वाचनका लागि शुक्रबार तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती माविको मतदान केन्द्रबाट मतदान गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विक । तस्वीर : कृष्ण न्यौपाने/ रासस

 

सभामुख अग्निप्रसाद सापकोटा स्थानीय तह निर्वाचनमा गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ४, कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै । तस्वीर ः देवराज सुवेदी/रासस

 

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुखका निवर्तमान एवं प्रत्यासी नगरप्रमख पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठ थिमि दथुटोल मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर ः रत्न श्रेष्ठ/रासस

 

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि धनुषाको नगराइन माविको मतदान केन्द्रबाट मतदान गर्दै । तस्वीर : अजयकुमार साह/ रासस

 

स्थानीय तहको निर्वाचनमा पदाधिकारी चुन्न धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ स्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नका लागि लाममा बस्नु भएका एक क्रियापुत्री । तस्वीर ः अजयकुमार साह/रासस
स्वतन्त्रका प्रमुख पदका उम्मेदवार बालेन्द्र साह, काठमाडौँ– ९, अन्नपुर्ण इ. इस्कुल गैरिगाँउ मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर ः नवीन पौडेल÷रासस

 

मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सबिना बजगाई वडा नं १३ चारआलीस्थित सहिद दशरथ मतदान केन्द्रमा मतदान गर्दै । तस्वीरः चन्द्रकला भण्डारी÷झापा

 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौँ महानगरपालिकाको विशालनगर मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर÷ रासस

 

स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालय गुण्डूको मतदान केन्द्रमा मतदान गर्दै सांसद महेश बस्नेत । तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस

 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको गन्यापधुरा–१, रूवाखोलास्थित असिग्राम माविमा मतदान गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

 

पोखरा महानगरपालिका– १४, मझेरीपाटनस्थित रामेश्वरी माविमा स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न वृद्धा अस्वस्थ महिलालाई बोकेर ल्याइँदै । तस्बिरः राधिका कँडेल÷रासस

 

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान गरेर फर्किदै अपाङ्गता भएकी महिला । तस्बिर ः नानीमैया कटवाल÷रासस

 

सप्तरीको राजविराज नगरपालिका–५ स्थित मतदानस्थलमा मतदान गरेर फर्कदै ज्येष्ठ नागरिक जगदीश साफी । तस्बिर ः नानीमैया कटवाल÷रासस

 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुखका प्रत्यासी नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन चापागाईं वडा नं २ स्थित केन्द्रमा मतदान गर्दै । तस्बिरः भरत केसी ÷रासस

 

स्थानीय तह निर्वाचनका लागि शुक्रबार तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिरः कृष्ण न्यौपाने÷रासस

 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदानस्थलमा मतदान गर्दै । तस्बिरः लक्ष्मी गारु÷रासस

 

टोखा नगरपालिकामा मतदान गर्दै निर्वाचन आयुक्त सगुन शम्सेर जबरा । तस्बिर ः प्रदीपराज वन्त÷रासस

 

महाकाली नगरपालिका –५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान केन्द्रमा मतदान गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू । तस्बिर ः नरेन्द्रसिह कार्की÷रासस

 

घोराही उपमहानगरपालिका गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार भुपबहादुर डाङी घोराही – १५, सरस्वती मावि केन्द्रमा मतदान गर्दै । तस्बिरः रञ्जिता अधिकारी÷रासस

 

राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गर्दै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे । तस्बिरः नारायण अधिकारी÷रासस

 

घोराही उपमहानगरपालिका गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार हेमराज शर्मा घोराही –१५ को सरस्वती मावि केन्द्रमा मतदान गर्दै । तस्बिर ः रञ्जिता अधिकारी÷रासस

 

नुवाकोट आर्दश बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्वीर ः रामहरि न्यौपाने÷रासस

 

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौराबाट मतदान गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा । तस्बिरः दीपक बोहरा÷रासस

 

काठमाडौँ महानगरपालिकाको हनुमाढोका मतदान केन्द्रमा मतदान गर्दै ज्येष्ठ नागरिक । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

 

टीका विद्याआश्रम ललितपुरमा मतदान गर्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्याल । तस्बिर ः प्रदीपराज वन्त÷रासस

 

स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माविमा मतदान गर्दै ज्येष्ठ नागरिक । तस्बिरः महेन्द्र सुवेदी÷रासस

 

पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुख पदका उम्मेदवार कोपिला रानाभाट विजयपुरस्थित भवानीकालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर ः वासुदेव पौडेल, रासस

 

स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माविमा मतदान गर्दै नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लक्ष्मीप्रसाद बराल । तस्बिरः महेन्द्र सुवेदी÷रासस

 

रुपन्देहीको तिलोत्तमा–८ मा रहेको मतदानस्थलमा मतदान गर्दै नेपाली काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाण । तस्वीर ः निरा गौतम, रासस

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्दै। तस्बिरः चन्द्रकला भण्डारी÷ रासस

 

रुपन्देहीको तिलोत्तमा–८ मा रहेको मतदानस्थलमा पुग्नुभएका ज्येष्ठ नागरिक । तस्वीर ः निरा गौतम, रासस

 

पोखरा महानगरपालिका लागि नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्ण थापाले बिहान पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित बिन्दवासिनी माध्यमिक विद्यालयको मतदात केन्द्रमा मतदान गर्दै । तस्वीर ः राधिका कँडेल, रासस

 

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखका प्रत्यासी खेलराज पाण्डे वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः भरत केसी÷रासस

 

अछामको रामारोशन गाउँपालिका वडा नं १ मलातिकोट मतदान स्थलमा मतदानका लागि लाइनमा बसेका मतदाताहरु । वडामा एक हजार ६ सय ७२ जना मतदाता रहेका छन् । तस्वीर ः झलनाथ खनाल, रासस
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com