एक दशक बढी अमेरिका बसेर फर्किएका गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बाबाट विजयी


प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार

अमेरिकाको एकदशकभन्दा लामो समय विताएर फर्किएका गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । जनता समाजवादी पार्टीका उम्मेद्वार शेर्पा २ हजार ८ सय ८२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाएका छन् । बस्नेत र शेर्पा बिचमा कडा प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरि उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशिला तामाङ विजयी भइन् । उनले २ हजार ८ सय २४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्दी जसपाकी २ हजार २ सय ४१ प्राप्त गरिन् ।

गम्बु शेर्पा गायक समेत हुन् । उनी एक दशक भन्दा बढी समय अमेरिका बसेर फर्किएका हुन् । दुईवर्षदेखि खिजिदेम्बामा जसपाको राजनीति थालेका उनले काँग्रेसको गढ मानिएको पालिकामा विजय हासिल गरेका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com