काठमाडौं महानगरमा ५० प्रतिशतभन्दा धेरै मतगणना, बालेनको अग्रता कायम, स्थापित तेश्रोमा


प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार

काठमाडौं महानगरमा ५० प्रतिशभन्दा भन्दा धेरै मतगणना भइसक्दा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अन्तरका साथ अग्रता कायम गरिरहेका छन् । पछिल्लो परिणाम अनुशार बालेनले ३९ हजार ६ मत प्राप्त गरेका छन् ।

यसअगाडि बालेनलाई पछ्याइरहेका एमाले उम्मेदबार केशव स्थापित तेश्रो नम्बरमा पुगेका छन् भने कांग्रेस उम्मेदवार सिर्जना सिंह दोश्रो नम्बरमा छिन् । सिंहले २२ हजार ७२ मत पाएकी छन् भने स्थापितले २१ हजार ५ सय ७१ मत ल्याएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दुई महानगरमा विजयी भएको नेकपा एमाले यस पटक सबै महानगरमा पछि परेको छ। अघिल्लो पटक जितेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदबार बालेन्द्र शाह अग्रता फराकिलो बन्दै जाँदा विराटनगरमा काँग्रेस उम्मेदबार विजयी भइसकेका छन् ।

विरगन्ज महानगरपालिकामा सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका छन्। एमाले उम्मेदबार विजयकुमार सरावगी दोश्रोमा छन् ।

पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका उम्मेदबार धनराज आचार्यले अग्रता लिएका छन्। पोखरामा पनि एमालेका
कृष्णबहादुर थापा दोश्रोमा छन् ।

भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छन् । त्यहाँ पनि एमाले उम्मेदबार विजय सुवेदी दोश्रोमा छन् ।

ललितपुरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनको अग्रता कायम छ । एमालेका हरिकृष्ण व्यञ्जनकार दोश्रोमा छन् । यो महानगरमा महर्जनले मतगणनाको प्रारम्भिक चरणदेखि नै निरन्तर अग्रता कायम गरिरहेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com