बन्दुक किन्नयोग्य उमेर २१ बनाउने बिल अमेरिकी संसदको तल्लो सदनबाट पारित


प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार

अमेरिकी संसदको तल्लो सदनले स्वचालित राइफल किन्नको लागि उमेर सीमा र १५ राउण्डभन्दा बढी क्षमता भएका हतियारको म्यागाजिन बिक्रिमा प्रतिबन्ध लगाउने विधयेक पारित गरेको छ । न्युयोर्कको बफेलो र टेक्सासको उभाल्डमा भर्खरै भएको सामूहिक गोलीकाण्ड लगत्तै संसदबाट यो बिधयेक पारित भएको हो ।

विधयेकमा लगभग पार्टी लाइन अनुशार नै मतदान भएको छ भने केहीले फ्लोर क्रस गरेका छन् । विधयेक २२३ मतले पारित भएको छ भने विपक्षमा २०४ मत खसेको छ । ५ जना रिपब्लिकन सांसदहरुले बिधयेकका पक्षमा मतदान गरेका छन् भने २ जना डेमोक्र्याटसले विपक्षमा मतदान गरेका छन् । अमेरिकी संसदको तल्लो सदनमा २२० डेमोक्रेटिक सांसद रहेका छन् भने २०८ रिपब्लिकन सांसद रहेका छन् ।

विधयेक सिनेटबाट पारित भएर कानून बन्ने सम्भावना भने कम रहेको छ । किनभने पचास पचासमा विभाजित सिनेटमा डेमोक्रोटिक बिल पारित हुन कम्तीमा १० जना रिपब्लिकन सांसदको समर्थन आवश्यक पर्छ ।

सिनेटले मानसिक स्वास्थ्य कार्यक्रमहरू सुधार गर्न, विद्यालय सुरक्षालाई बलियो बनाउन र पृष्ठभूमि जाँचहरू बढाउनमा केन्द्रित वार्ताहरू अगाडि बढाइरहेको छ । तर यो विधयेकले डेमोक्र्याटिक सांसदहरूलाई नोभेम्बरमा हुने चुनावमा मतदाताहरूका लागि आफ्नो एजेण्डा पप्रष्ट पार्ने मौका दिन्छ ।

विधयेकमा राइफल किन्नका लागि योग्य उमेर १८ बर्षबाट बढाएर २१ बर्ष बनाउने प्रावधान रहेको छ । विधयेकमा बन्दुकको सुरक्षित भण्डारणलाई प्रोत्साहन गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com