सार्वजनिक कार्यक्रममा नशामा लठ्ठ मेयर बालेन साह, सामाजिक सञ्जालमा विरोध र बचाउ


प्रकाशित मिति : असार २५, २०७९ शनिबार

टेलिभिजनले लाइभ समेत गरेको एउटा सार्वजनिक कार्यक्रममा मदिरा वा अन्य कुनै नशाले लठ्ठ भएका काठमाडौं महानगरका मेयर बालेन साहको भिडियोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उक्त भिडियोमा मेयर साह मदिरा वा कुनै नशाजन्य पदार्थको अत्याधिक नशामा रहेको प्रष्ट देखिन्छ ।

इमेज टेलिभिजनले लाइभ गरेको नेपहपको श्रीपेच कार्यक्रमको फाइनलमा मेयर साह स्टेजमा लरबरिएको, कार्यक्रम संचालकबाट माइक खोस्न खोजेको, बेलाबेलामा कोटको टाँक खोल्ने र लगाउने गरेको जस्ता अस्वभाविक गतिविधि गरेको देख्न सकिन्छ । उक्त भिडियो अहिले टिकटक लगायतका सामाजिक सञ्जालहरुमा पनि छ्यापछ्याप्ती देखिएको छ ।

कार्यक्रम संचालिकाले अतिथिहरुलाई मञ्चमा बोलाइरहँदा अस्वभाविक रुपमा कार्यक्रम संचालकको माइक लिन खोज्दै बालेन साह । कार्यक्रम संचालिकाले साहलाई माइक नदिएर त्यसको प्रतिरोध गर्दै कार्यक्रम अगाडि बढाएकी छिन् ।

संचारमाध्यमहरुबाट लाइभ गरिएको सार्वजनिक कार्यक्रममा मदिरा वा अन्य कुनै नशामा लठ्ठीएका मेयरको सामाजिक सञ्जालमा विरोध भएको छ । संचारकर्मी काशिशदास श्रेष्ठले ट्वीटरमा भिडियो पोष्ट गर्दै मेयर साह मदिरा वा अन्य कुनै नशामा रहेको भन्दै प्रश्न गरेका छन् ।

श्रेष्ठले लेखेका छन् – ‘नयाँ मेयर बालेन साह । सार्वजनिक कार्यक्रममा अत्याधिक नशामा । मदिरा वा अन्यकेही ? अन्यतिर उनले महिला कार्यक्रम संचालकबाट माइक खोस्न खोजेको देखिन्छ । कार्यक्रम संचालकले बारम्बार प्रतिरोध गरेकी छिन् । कार्यभार सम्हालेको ६ हप्तापनि भएको छैन । के लुकेको छ कालोचस्माभित्र ?’

मेयर साहका समर्थकहरुले उनले सार्वजनिक कार्यक्रममा मदिरा सेवन गरेर लठ्ठीएको घटनाको समेत बचाउ गरेका छन् । आफ्नो ‘बचेको समय’मा वा ‘मेयरका रुपमा नभई व्यक्तिगत रुपमा’ कार्यक्रममा गएको भन्दै उनका समर्थकहरुले बचाउ गरिरहेका छन् ।

तर शाहले उक्त कार्यक्रममा जाँदा कार्यवाहक मेयरका रुपमा उपमेयर सुनिता डंगोललाई नदिएकाले उनी उक्त कार्यक्रममा जाँदा पनि मेयर नै रहने कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुको तर्क छ ।

भिडियोको सुरुमा र २७ मिनेटपछि साह स्टेजमा लरबरिएको, माइक खोस्न खोजेको, अस्वभाविक तरिकाले यताउता गरेको लगायतका दृश्य देख्न सकिन्छ ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनले सामान्य मदिरा सेवन गरेको हुनसक्ने बताएका छन् । तर कार्यक्रममा भने उनी प्रष्टै देखिनेगरी मदिराको नशामा लठ्ठ परेका छन् भने उनका गतिविधि समेत अस्वभाविक देखिन्छन् । मेयर साहले भने उक्त घटनाबारे सार्वजनिक प्रतिकृया जनाएका छैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com