अमेरिकाको इन्डियानामा मलमा गोली चल्दा बन्दुकधारीसहित ४ जनाको मृत्यु, २ घाइते


प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार

अमेरिकाको इन्डियानामा मलमा गोली चल्दा बन्दुकधारीसहित ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सशस्त्र सर्वसधारणको प्रतिरोधात्मक गोली प्रहारबाट बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा २ जना घाइते भएका छन् । घाइतेमध्ये एकजना १२ बर्षीया समेत रहेको जनाइएको छ । इन्डियानापोलिसको दक्षिण ग्रिनउड पार्क मलमा गोली चलेको हो । घाइतेलाई नजिकको अस्पतालमा लगिएको र अवस्था स्थीर रहेको जनाइएको छ ।

आइतबार बेलुका ६ बजेपछि बन्दुधकारी मलको फुडकोर्टमा प्रवेश गरेको जानकारी प्रहरीले पाएको थियो । त्यसपछि बन्दुकधारीले राइफलबाट गोली चलाउन सुरु गरेपछि एकजना २२ बर्षीय सशस्त्र सर्वसाधारणले बन्दुकधारीमाथि गोली चलाउँदा बन्दुकधारीले ठूलो क्षति गराउन नपाएको जनाइएको छ ।

इन्डियानाको मलमा भएको यो घटना पछिल्ला सातामा अमेरिकामा भइरहेका गोलीकाण्डको निरन्तरता हो । न्युयोर्कको बफेलोमा भएको नरसंहार र टेक्सासको विद्यालयमा भएको गोलीकाण्डपछि संसदलाई बन्दुक सुरक्षाबारे बिल पारित गर्न बाध्य पारेको अवस्थामा यो घटना भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com