टेक्सासको विमानस्थलमा गोली चल्यो, गोली चलाउने महिलालाई हान्यो प्रहरीले गोली


प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार

अमेरिकाको टेक्सास, डलासमा रहेको लभ फिल्ड विमानस्थलमा गोली चलेको छ । एकजना ३७ बर्षकी महिलाले विमानस्थलको टर्मिनलमा गोली चलाएको प्रहरीले जनाएको छ ।

गोली चलाउने पोर्टुवा ओडुफुवा नामकी ती महिलालाई प्रहरीले गोली हानेको छ । शरीरको तल्लो भागमा गोली हानिएको र घाइते महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी दिदै प्रहरी ।

ती महिला बाथरुमभित्र गएर हुडी लगाएर फर्किएको र बन्दक निकालेर अचानक फायर गरेको जनाइएको छ । घटनामा अरु कोही पनि घाइते भएका छैनन् । महिलाले माथितिर ताकेर केही राउण्ड गोली चलाएको जनाइएको छ ।

ती महिलालाई अस्पतालमा लगिएको र अवस्था स्थीर रहेको प्रहरीले जनाएको छ । घटनापछि विमानस्थलमा केहीबेर उडान अवरुद्ध भएको थियो । दिउसो ३ बजेपछि भने उडान सुचारु भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com