४० वर्ष भन्दा कम उमेर समुहको पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता


प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार

प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगमा पुनर्जागरण पार्टी १८९ नम्बरमा दर्ता भएको हो ।

पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् । पार्टीको केन्द्रिय समिति २१ सदस्यीय छ । पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी बनेको छ ।

पुनर्जागरण पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा बढी महिला छन् । चुनाव चिन्ह वाइफाइ प्रस्ताव गरेपनि निर्वाचन आयोगले दिन नमानेको उक्त पार्टीले जनाएको छ । चुनाव चिन्ह पछि प्रस्ताव गर्ने गरि पार्टी दर्ता भएको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com