न्युयोर्कमा अध्यागमन फर्म, भिसा र ट्याक्सबारे लुम्बिनी वर्ल्डवाइडको सेवा अब शनिबार पनि
प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार
अमेरिकामा वर्क परमिट, ग्रिनकार्ड, ट्राभल डकुमेन्ट, भिसा , एसाइलम, अमेरिकी नागरिकता लगायतका फारम भरी पठाउन सहयोग गर्ने लुम्बिनी वर्ल्डवाइडको सेवा अब शनिबार पनि संचालन हुने भएको छ । यसैबर्षदेखि व्यक्तिगत ट्याक्स सम्बन्धी समेत सेवा सुरु गरेको लुम्बिनी वर्ल्डवाइडले एकदशकभन्दा लामो समयदेखि न्युयोर्कमा पारालिगल सेवा प्रदान गर्दै आएको छ ।
कतिपय नेपालीहरुले सोमबारदेखि शुक्रबारसम्म काम गर्नुपर्ने भएकाले कुनै सेवा लिंदा विदा लिनुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन शनिबार समेत सेवा प्रदान गर्न सुरु गरिएको स्वतन्त्र पारालिगल मनमोहन सिंह घिमिरेले जानकारी दिए । शनिबार विहान ११ बजेदेखि ४ बजेसम्म कार्यालय खोलिने उनले बताए । शनिबार र आइतबारमात्र विदा हुनेहरुलाई सहज हुने उनले अपेक्षा गरेका छन् ।
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वर्ल्डवाइड इन्क न्युयोर्कसिटीबाट समेत अमेरिकी अध्यागमन सहायता सेवा प्रदायकको अनुमतिपत्र प्राप्त पारालिगल सेवा हो । न्युयोर्क सिटी प्रशासनिक कोड २० ७७६ अनुशार लुम्बिनी वल्र्डवाइड इन्कलाई यस्तो अनुमति प्राप्त छ ।
स्वतन्त्र पारालिगल तथा कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरेबाट संचालित लुम्बिनी वल्र्डवाइड इन्कले नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतका अध्यागमन फर्म भर्न सघाउने, पेशागत सपथपत्रहरु लेख्न सघाउने, नेपाली हिन्दी लगायतका कैयन भाषाका कागजात अँग्रेजीमा अनुवाद गर्न सघाउने लगायतका पारालिगल सेवाहरु गर्दै आएको छ । साथै फारम भर्न आउनेहरुले ल्याएको डकुमेन्टलाई कानुनी रुपमा रुपान्तरण गरेर अध्यायगमन कार्यालयमा पठाउने लगायतका काम समेत गर्छ ।
सामान्यतया अध्यागमनका फारमहरु भर्दा कानुनी उल्झन छैन भने आफै पनि भर्न सकिन्छ । युएससीआईएको वेवसाइटबाट आफै हेरेर निशुल्क फर्म भर्न पनि सकिन्छ ।
आफै भर्नमा अन्यौल भएमा कानुनी रुपमा तपाईको केसमा कुनै पनि वाधा छैन भने प्यारालिगल वा इमिग्रेसन एसिस्टेन्सहरु प्रयोग गरेर अध्यागमनका फारमहरु तयार गरेर बुझाउन सक्नु हुन्छ । तर तपाईले गलत सुचना नदिने लाइसेन्सप्राप्त प्यारालिगल वा इमिग्रेसन एसिस्टेन्स प्रोभाइडरहरु रोज्नुपर्छ ।