महिनौंपछि अमेरिकामा पेट्रोलको मूल्य ४ डलरभन्दा कम
प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार
महिनौंपछि अमेरिकामा पेट्रोलको मूल्य ४ डलरभन्दा कम भएको छ । मार्चयता पहिलोपटक पेट्रोलको औषत मूल्य अमेरिकामा ४ डलरभन्दा कम भएको हो । बिहिबार पेट्रोलको मूल्य प्रतिग्यालेन ३ डलर ९९ सेन्टसमा झरेको छ ।
गत जुन महिनामा अमेरिकामा पेट्रोलको मूल्य औषतमा ५ डलर नाघेको थियो । त्यो यता मूल्य २१ प्रतिशतले घटेको छ । तरपनि गत वर्ष यो समय भन्दा अहिले पेट्रोलको मूल्य २५ प्रतिशतले धेरै रहेको छ ।
अमेरिकी कच्चा तेलको मूल्य जुनमा प्रति ब्यारेल १२० डलरभन्दा माथि रहेकोमा बिहीबार ९२ डलर प्रति ब्यारेलमा झरेको छ । यसले विश्वव्यापी आपूर्ति संकटलाई सहज बनाउन मद्दत गरेको छ।
बिहीबार अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जारी गरेको प्रतिवेदनमा विश्वव्यापी तेल आपूर्तिको लागि आफ्नो दृष्टिकोणलाई आंशिक रूपमा परिमार्जन गरिएको छ । किनभने रूसले अपेक्षा गरेभन्दा बढी तेल आपूर्ति जारी राखेको छ।
युक्रेनमा युद्ध सुरु भएदेखि रूसको कच्चा र तेल आपर्ति युरोप, अमेरिका, जापान र कोरियामा लगभग २ दशमलव २ मिलियन ब्यारेल प्रति दिनले घटेको छ ।