हरेकको १० हजार डलर विद्यार्थी ऋण मिनाहाको योजनामा ह्वाइट हाउस, को योग्य?


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

ह्वाइट हाउसका अधिकारीहरूले हरेकको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्नेबारे विचार गरिरहेको जनाइएको छ । बार्षिक १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको ऋण मिनाहा गर्ने योजनामा ह्वाइट हाउस रहेको छ ।

आम्दानीको निश्चित मापदण्ड तय गरेर विद्यार्थी ऋण मिनाहाको खाका बनाउनेबार छलफल भएको जनाइएको छ । यसबारे बुधबारसम्म घोषणा आउनसक्ने जनाइएको छ । त्यस्तै ह्वाइट हाउसले संघीय विद्यार्थी ऋण भुक्तानमा अगस्ट ३१ सम्म गरेको स्थगन थप गर्ने नगर्नेबारे पनि आगामी केही दिनमा घोषणा गर्ने जनाइएको छ ।

कोभिड १९ महामारीले अर्थतन्त्रमा ठूलो असर पारेपछि मार्च २०२० देखि अधिकांश संघीय विद्यार्थी ऋणहरूमा भुक्तानी आवश्यक परेको छैन । बाइडेनले यो स्थगन चार पटकसम्म विस्तार गरिसकेका छन् ।

ह्वाइट हाउसले विगतमा पनि १० हजार डलसम्मको विद्यार्थी ऋण मिनाहा गर्न बाइडेनलाई सुझाव दिएको थियो । तर वार्षिक १ लाख २५ हजारभन्दा भन्दा बढी कमाउनेहरूको भने ऋण मिनाहा नगर्न सुझाव दिइएको थियो ।

केही डेमोक्रेटिक सांसदहरूले ५० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्न आग्रह गर्दै आएका छन् । तर राष्ट्रपतिले विद्यार्थी ऋण मिनाहाको निर्णय लगातार पछाडि धकेल्दै आएका छन्।

बाइडेनले कुनै पनि अन्य राष्ट्रपतिले भन्दा बढी विद्यार्थी ऋण मिनाहा गरिसकेका छन् । उनको प्रशासनले लगभग ३१ बिलियन ऋण रद्द गर्ने अधिकार दिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com