अक्टोबर ३१ देखि अमेरिकाका विजनेश पेपल एकाउन्टमा विदेशबाट व्यक्तिगत ट्रान्सजेक्सन रोक
प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार
अक्टोबर ३१ देखि अमेरिकाको विजनेश पेपल एकाउन्टमा अमेरिकाबाहिरबाट व्यक्तिगत ट्रान्सजेक्सनमार्फत रकम नआउने भएको छ । पेपलले आफ्नो शर्तमा संसोधन गर्दै अमेरिकाबाहिरका पेपल एकाउन्टबाट अमेरिकामा रहेका विजनेश पेपल एकाउन्टमा व्यक्तिगत ट्रान्सजेक्सनमार्फत रकम प्राप्त गर्नमा रोक लगाउने भएको छ ।
त्यस्तै अमेरिकामा रहेका निजी पेपल एकाउन्टबाट अमेरिकाबाहिर रहेका विजनेश पेपल एकाउन्टमा व्यक्तिगत ट्रान्सजेक्सनमार्फत रकम पठाउनमा समेत रोक लगाइने भएको छ । अक्टोबर ३१ देखि नै लागु हुनेगरी अमेरिकामा रहेका पेपल एकाउन्टबाट अमेरिकाबाहिरका विजनेश एकाउन्टमा व्यक्तिगत ट्रान्सजेक्सनमार्फत रकम पठाउन सकिनेछैन ।
पेपलले सेप्टेम्बर १९ देखि लागु हुनेगरी केही नीति र शर्तहरुमा परिवर्तन गरेको हो । नयाँ नीतिले शुल्क छल्नेहरुलाई थप कारवाही गरेको देखिन्छ । नीतिहरू उल्लङ्घन गर्ने वेबसाइटहरू पहिचान गर्ने नयाँ तरिका समेत पेपपले समावेश गरेको छ । त्यस्तै निश्चित फण्डरेजहरुमा शुल्क समेत बढाएको छ ।
पेपलले गत महिनादेखि अमेरिकामा साथीहरुलाई रकम पठाउँदाको शुल्क छिद्र बन्द गरेको थियो । अब अन्तर्राष्ट्रिय लेनदेनको लागि पेपलले नियम कडा बनाएको छ । पनि यस्तै काम गरिरहेको छ। साथी वा परिवारका लागि रकम पठाएको शीर्षकमा व्यक्तिगत लेनदेन हुने भएतापनि कतिपय बिक्रेताहरूले शुल्क तिर्नबाट जोगिन क्रेताहरुलाई यही विधि प्रयोग गरेर रकम पठाउन प्रोत्साहन गरेको भन्दै पेपलले नयाँ नियम ल्याएको थियो ।