स्पेनमा १ सय ६० टन गोलभेंडा हानाहान
प्रकाशित मिति : भाद्र १५, २०७३ बुधबार
बुधबार पूर्वी स्पेनमा भएको ‘गोलभेंडा महोत्सव’मा २० हजार भन्दा धेरैले १ सय ६० टन गोलभेंडा हानाहान गरेर रमाइलो गरेका छन् । स्पेनको बुनोलमा भएको महोत्सवमा पाकेका गोलभेंडा फुटाएर सहभागीहरु गोलभेंडाको लेदोमा रमाएका थिए । ६ वटा ट्रकमा ल्याइएका गोलभेंडा हानाहान गर्दै सहभागीहरु घण्टौंसम्म ‘टोम्याटो टोम्याटो’ भन्दै खेलेका थिए । घाइते हुन नदिन सहभागीहरुलाई पहिले गोलभेंडा फुटाएरमात्र हान्न सुझाव दिइएको थियो । गोलभेंडा हानाहानमा सहभागीहरुले आँखाको सुरक्षाका लागि चस्मा लगाएका थिए । स्पेनमा यस्तो महोत्सव मनाउन थालेको यो १५ औं पटक हो । गोलभेंडा महोत्सवका केही रोचक तस्विरहरु । तस्विर : एपीए, एपी र गेटी इमेज