लाेकतन्त्रमा लुकेकाे बास्तबिकता
प्रकाशित मिति : असार २२, २०७४ बिहीबार
-भिम खनाल
२०६२/ ०६३ काे जनअान्दाेलन ले।राजतन्त्र काे जराे किलाे उखेलेर मिल्काईदियाे र देशमा लाेकतान्त्रिक राज्य ब्याबस्थाकाे सुरुवात भयाे , देश बास्तबमै लाेकतान्त्रिक राज्य ब्याबस्थामै अाधारित छ या हामी काला पहाड का कुल्ली जस्ता राज्यका दुखी प्राणी हरुलाइ भ्रम पिटिएकाे छ जुन समय ले कुनै युगमा अबस्य हिसाब गर्नेनै छ ,यद्दपी एकातिर परम्परा लाई लागेकाे चाेटले राज्य सत्ता हल्लिएकाे छ भने अर्काेतर्फ राजनैतिक चतुरे हरु स्वार्थ्य का लागि सिङ्गाे राज्य नै हल्लाईरहेका छन ,याे निरीह स्तम्भकार यतिबेला दाबीका साथ भन्न सक्छ राजतन्त्रमा राजनैतिक चिन्तन या विषम परिस्थिती सङ्ग जुध्न सक्ने अदभुत परिपक्कता अबस्य थियाे ,हामिले हाम्रा पुर्खा हरुकाे त्याग तपस्या र साहश लाई लत्याएकै हाे जुन सत्य स्विकार्नै पर्छ किनकी हामिलाई बास्तबिकता लुकायर भ्रमकाे प्रचार गरियाे र मानबिय कमजाेरी हरुकाे फाईदा उठाइयाे अाज लाेकतन्त्र अागमन पछीका झण्डै १५ बर्ष वास्तविक धरातल बाट केलायर हेर्दा लाेकतान्त्रिक यात्रामा जकाडिएकाे भस्ट्राचार लथालिङ्ग राज्य काे नीति हेर्दा निसङ्काेच भन्न सकिन्छ लाेकतान्त्रिक पद्दतिमा ब्याक्तिगत स्वार्थ्य त्यागेर सभ्य समाज निर्माण का लागि राजनिति गर्नेहरु जुन अपबादकाे रुपमा भेटिने रहेछन , लाेकतन्त्र काे उदेस्य रास्ट्रिय एकता र सद्भाव लाई बिथाेलेर हुदाखादाकाे मुलुक लथालिङ्ग बनाउनु अबस्य थिएन , मुलुक कुनै रद्दिकाे टाेकरीमा मिल्काईएकाे फाेहाेर काे थुप्राे थिएन , भैदियाे के भने राजनैतिक दल र दलका नेताहरु अाअाफ्नै ब्याक्तिगत स्वार्थ्यका लागि लाेकतन्त्र लाई केबल सत्तामा हाम फाल्ने साधन काे रुपमा देख्न थाले जहाँ राज्यका लागि त्याग तपस्या र याेगदान अाबस्यक ठानिएन सम्पुर्ण राज्यकाे क्षेत्रफल र उक्त क्षेत्रफल भित्रका नागरिक राज्यका वास्तविक सत्य हुन भन्ने तथ्य समेत लाेकतन्त्रमा लत्याईयाे रास्ट्रिय एकता र सद्भाव का लागि अाफ्नाे पुर्ण शक्ति खर्चिन चाहेनन।
बिभिन्न रास्ट्रिय / अन्तरास्ट्रिय माफिया खुफिया हरुकाे सङ्लग्नतामा गठित बिखण्डन बादी तथा बिकेन्द्रित शक्तिहरुलाई तत्काल नियन्त्रमा लिन अाबस्यक ठानिएन उल्टै ती सक्तिहरुलाई सत्तामा हाम फाल्ने साधनकाे रुपमा प्रयाेग गर्न थालियाे फलस्वरुप राज्यकाे एकतामाथि प्रहार गर्ने जातियता क्षेत्रियता जस्ताे गम्भीर नश्लिय राजनिति प्रभाब बढ्दै गयाे विभिन्न ingo द्वारा निर्माण गरिएका नीति हरुलाई राजनैतिक करण गरि राज्य काे नितिकाे रुपमा व्याख्या गरियाे लाेकतन्त्र निश्चय नै राज्यकाे परिस्थिति भन्दा फरक बिषय थियाे लाेकतन्त्र लाई बलियाे बनाई राख्न राजनैतिक परम्परा बदल्न पर्थ्याै अफसाेच लाेकतन्त्र ले सिर्फ श्रिपेच बदल्याै उच्च शासक बर्गकाे साेच बदल्न सकेन फलस्वरुप कुनै राजनैतिक परम्परा स्थापित हुन सकेन ,नत रास्ट्रवादकाे अाधुनिक सिद्दान्त नै बिकशित भैदियाे ।
लाेकतन्त्रलाई सुनिस्चित नगरी रास्ट्रियता लाई बलियाे बनाउने बिषय केबल हास्यास्पद मात्र थिएन दलहरुकाे राज्यप्रतिकाे लाचारिपन थियाे , विभिन्न जातिय ,भाषिक ,धार्मिक लिङ्ग लगायत लाई अापसी सद्भाव द्वारा एकीकरण गरि बलियाे बनाईराख्नु काे साटाे स्वार्थ्यका लागि जातिय तथा धार्मिक राजनिति काे सुरुवात लाेकतन्त्र मा गरियाे जहाँ रास्ट्रियताकाे मुल अाधार जातिय तथा धार्मिक एकता थियाे ।
बास्तबमै लाेकतान्त्रिक अश्तित्वले एउटा बलियाे र याेग्य शासक काे अपेक्षा राख्दछ यद्दपि लाेकतन्त्र ले हाम्राे मुलुकमा यस्ता निरीह शासक हरु काे उत्थान गर्याै जहाँ शक्ति सत्ता र अर्थका लागि जस्ताे सुकै रास्ट्रघाति सम्झाैतामा ल्याप्चे ठाेक्न कति पनि हिचकिच्याउदैनन । जातिय तथा धार्मिक एकताकाे अभाब मा लाेकतन्त्रमा प्रिथकताबादी भावना हरु सलबलाउन थाले जुन राजनिति गर्नेहरुका लागि क्षमा गर्नै नसकिने अपराध मानिन्छ ।
बास्तबमा लाेकतन्त्र नामक जुन प्राणि स्थापित भयाे जुन पस्चिमा हरुकाे भ्रमगामी रुप थियाे त्याग तपस्या र बलिदानी केबल साधन बन्याै , लाेकतन्त्रका अाधुनिक पण्डित हरु अाफ्ना नागरिक काे माग माथि घाेत्लिन सकेनन नत समयकाे माग नै अात्मसाथ गरे यद्दपि रास्ट्र र रास्ट्रियता माथि भकुण्डाे खेल्न अधिक सक्रिय रहे ।
यसकारण लाेकतन्त्रमा राजनैतिक बैईमानि ले यस्ताे चरम सिमा नाघिसक्याै जसकाे टुप्पाेबाट नियाल्दा बाकि जीवन केबल अन्धकार मात्र देखिन्छ राजनैतिक रुपमा देखा पर्ने झिना मसिना समस्या समाधान का लागि लाेकतन्त्रमा बहुमत काे कदर हुदैन केवल राजनैतिक स्वार्थ्य हेरिन्छ , शासन प्रणालीमा जुन पटक पटक सत्ता परिबर्तन हुन्छ राज्यका लागि अति घातक हुन्छ जसका कारण राज्यले कुनै निश्चित नीति अबलम्बन गर्न सकिरहेकाे छैन , सङ्कट समाधान का लागि अनेक कठिनाई उत्पन्न भईरहेकाे तथ्य जुन हाम्रा अगाडि प्रस्ट छ लाेकतन्त्रमा राजनिति गर्नेहरु जुन माेर्चाबन्दी काे बिकास गरेका छन जुन माेर्चाबन्दीले कुनै पनि शासक निश्चित नितिमा अडिक रहन सकिरहेकाे छैन , यदि कुनै शासकले नीति तथा सुधार तर्फ अग्रसर रहेमा त्याे शासक बिरुद्द माेर्चाबन्दी र अफवाह फैलायर १० हात गाडिदिने जुन राजनैतिक अादर्श नै बनिसक्याै लाेकतन्त्रमा राज्यकाे निकायका जिम्मेवार पदहरुमा अार्थिक लेनदेन या बार्गेनिङ प्रणालिकाे बिकाश भयाे त्यस्ता पद मा अाशन ग्रहण गर्ने प्राणि हरुबाट नैतिकता मानबिय मूल्य मान्यताकाे कल्पना समेत गर्न सकिने सबाल रहेन ।
लाेकतन्त्र मा राजनिति गर्नेहरु जुन उच्च चरित्र या नैतिक मूल्य काे जसरी वकालत गरिरहेका छन ब्याबाहार ठिक उल्टाे घिन लाग्दाे देखिन्छ यउटा तथ्य छ कुनै पनि नैतिक चेतना युक्त राजनितिज्ञ अाफ्ना बारे वकालत गरि समय बर्बाद गर्न चाहान्न उसका लागि अाफ्नाे कार्यकालमा देशकाे उचाई कुन बिन्दुमा पुग्याै भन्ने सबाल नै महत्वपुर्ण हुन्छ अत चरित्र हिन ले मात्र त्याग सेवा र समर्पण काे ढाेल पिट्ने हाे । बास्तबमा हाम्रा शासक हरु अाफुले बगाएकाे थाेपा पाेथा पसिनाकाे हिसाब खाता खाेलेर बसेका छन जुन सत्तामा हाम फालेपछि पहिलाे याेजना पसिना काे हिसाब चुक्ता गर्नु हुनेछ लाेकतन्त्रमा राजनिति गर्ने हरु सिर्फ त्याग बिनाका सुबिधा भाेगी हरु छन जसले राज्य सत्ता केबल अाफ्नै भबिस्य परिबर्तन काे साधन काे रुपमा परिबर्तन गरिरहेका छन हेक्का रहाेस कुनै पनि सिद्दान्तबाद काे उत्क्रिस्टताले लाेकतन्त्रमा महत्व राख्दैन जुन बिस्वब्यापि मान्यता पनि हाे यद्दपि यहाका चतुरे हरुकाे बुझाई ठिक उल्टाे छ देशभर अाअाफ्नै सिद्दान्तबादी झण्डा हाबी हुनु नै देशका लागि वास्तविक परिबर्तन हुन अाईदियाे ब्याबाहार बदल्नु परेन सिद्दान्त र ब्याबाहार मा कुनै युग मा तालमेल मिलाउनु परेन जनादेश शब्द जुन छ याे शब्द नै अति निरिहता प्रदशन गरिरहेकाे छ । जसकाे कुनै महत्वनै छैन जनादेश जुन राजनैतिक धारणा सङ्ग जकाडिएकाे छ ।
भन्नुस यी राजनितिज्ञ हरुबाट देश र नागरिक ले कस्ताे अपेक्षा राख्ने ?सिङ्गाे रास्ट्रकै लागि भारकाे रुपमा रहेका यी मनुवा लाई देशमा बस्ने कुनै अधिकार छ ? के यस्ता उदण्ड राजनितिज्ञ हरुबाट रास्ट्र कलङ्कित हुदैन ? के हाम्राे देशका मुख्य सत्रु निम्न स्तरकाे नैतिकता र बाैद्दिक कङ्गालिपन हैन र ??.रास्ट्रकाे सामाजिक अार्थिक र राजनैतिक उत्तरदायित्व कसले लिएका छन ? यी याबत समस्या हरु खराब राजनितिकाे पराकास्ठा हैन ? सतहि रुपमा राज्य प्रति गरेकाे लापर्बाहि उल्लेख गरि साध्य नै छैन जय लाेकतन्त्र ।