माओवादी उम्मेदबारमा काठमाडौं २ मा रमेश मल्ल ७ मा मानुषी र ९ मा कल्पना धमला
प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार
सत्ता रुढ गठबन्धनमा सिट बांडफांट भएलगत्तै गठबन्धन दलले को कसलाई उमेद्बार बनाउन लागेका छन् भन्ने चासो बढेको छ ।
गठबन्धनको दल माओवादीले काठमाडौं उपत्यकाभित्रका काठमाडौं २ मा अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा पार्टी पोलिटव्युरो सदस्य रमेश मल्ल, काठमाडौं ७ मा डा. बाबुराम भट्टराई पुत्री मानुषी यमि भट्टराई र ९ नं. मा पूर्व मन्त्री कल्पना धमलालाई उमेद्वार बनाएको छ ।
गठबन्धनबाट पाएको ललितपुर ३ मा बहालवाला मन्त्री पम्फा भुसाल नै उमेद्वार बन्ने भएकी छिन् । त्यसैगरी ललितपुर १ को प्रदेश सभामा उपमहासचिव बर्षमान पुन की बहिनी लालीमाया पुनलाई उमेद्वार बनाएको छ ।
पुन यस अघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । काठमाडौं १० को ख बाटमा भने दिलीप प्रजापति, हितमान शाक्य र उनकै श्रीमतिको मध्ये एकजना उठाउने तयारी भएको एक पोलिटव्युरो सदस्यले बताए ।