नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलरको मिसाइल दिने
प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार
नेदरल्याण्ड्सले युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउन सहयोग गर्ने घोषणा गरेको छ ।
नेदरल्याण्ड्सले युक्रेनलाई करिब १५ मिलियन डलर बराबरको मिसाइल पठाउने भएको छ। युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन ब्रसेल्समा भएको नाटो रक्षामन्त्रीहरूको बैठकमा पनि यो कुरामा जोड दिइएको थियो।
सोमबार र मङ्गलबार रुसले युक्रेनको राजधानी किभलगायत धेरै सहरमा हवाई आक्रमण गरेको थियो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र जर्मनीबाट प्राप्त अग्रिम हवाई प्रतिरक्षा प्रणालीको लागि कृतज्ञता व्यक्त गरेका छन्। योसँगै उनले युक्रेनलाई हवाई ढाल बनाउन पश्चिमासँग सहयोग मागेका छन् ।
अर्कोतर्फ रुसले युक्रेनको उर्जा र सैन्य अखडामा आक्रमण योजनाको एक भागका रूपमा भएको स्वीकार गरेको छ ।
रुसले पनि पश्चिमा मुलुकले विश्वव्यापी ऊर्जा सङ्कटलाई चर्काएको आरोप लगाएको छ । रुसमा भएको ऊर्जा मञ्चमा बोल्दै राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय आतंकवादका कारण नोर्ड स्ट्रिममा ग्यास चुहावट भइरहेको बताएका छन् ।
अमेरिकाले महँगो दरमा ग्यास बेच्ने उद्देश्यले सस्तो ग्यासबाट युरोपेली देशलाई निरुत्साहित गर्न यो प्रयास भइरहेको पुटिनले आरोप लगाएका छन् ।