न्युयोर्कमा १८ लाखलाई ४७५ मिलियनको राहत पठाउन सुरु, कस्ले पाउँछ राहत चेक ?


प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार

person holding 100 US Dollar banknote

न्युयोर्क राज्यको कर र वित्त विभागले योग्य न्युयोर्कवासीहरूलाई थप आर्थिक राहत पठाउन थालेको घोषणा गरेको छ। कर विभागले न्युयोर्क राज्यको चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिट अन्तरगत ४७५ मिलियन डलर राहत पठाउन थालेको हो ।

लगभग १८ लाखले यस्तो राहत पाउनेछन् । धेरै जसो चेकहरू अक्टोबरको अन्त्यसम्म आइपुग्ने जनाइएको छ । राज्यको ट्याक्स रिटर्नहरूमा एम्पायर स्टेट चाइल्ड क्रेडिट वा अर्नड इन्कम क्रेडिट, वा दुवै प्राप्त गर्नेहरूलाई चेकहरू स्वचालित रूपमा पठाइनेछ । करदाताहरूले कुनै कदम चाल्नु पर्दैन ।

मुद्रास्फीतिको चुचुरो सामना गरिरहेका परिश्रमी न्युयोर्कवासीहरूलाई राहत चेकहरु प्रदान गरिने कर र वित्त कार्यवाहक आयुक्त अमान्डा हिलरले बताइन् । औसत भुक्तानी प्रत्येक प्राप्तकर्ताको लागि लगभग २७० डलर रहेको छ । जसले महामारी र मुद्रास्फीतिसँग सम्बन्धित महँगीलाई सम्बोधन गर्न मद्दत गर्नेछ।

unsplash

यो राहत पाउन अप्रिल १८, २०२० भित्र सन् २०२१ को आयकर रिटर्न फाइल गरेको हुनुपर्छ । वा कर फाइल गर्न बैध रुपमा समय थप गरेको हुनुपर्नेछ । उनीहरुले आफ्नो आयकर रिटर्नमा भुक्तानी रिपोर्ट गर्न आवश्यक पर्दैन। एम्पायर स्टेट चाइल्ड क्रेडिट वा अर्नड इन्कम क्रेडिटमा कम्तीमा एकसय डलर पाएकाहरुले यो राहत पाउनेछन् ।

सन् २०२१ को ट्याक्स फाइल गर्नेहरुमा बच्चा नभएका कम आम्दानी भएकाहरुले अर्नड इन्कम ट्याक्स क्रेडिट अन्तरगत १५ सय डलरसम्मको क्रेडिट प्राप्त गरेका थिए जुन सन् २०२० को तुलनामा झण्डै तेब्बर हो । गतबर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ बिलियन डलरको अमेरिकन रेस्क्यु प्लानमा क्रेडिट विस्तार गर्नुका साथै आम्दानीको मापदण्ड बढाइएको थियो ।

२०२१ को आम्दानीले योग्य नभएपनि २०१९ को आम्दानी प्रयोग गरेर समेत यो क्रेडिट दावी गर्न सकिने व्यवस्था थियो । जुन बर्षको आम्दानी छनौट गर्दा धेरै रकम पाइनेछ, त्यो बर्षको आम्दानी छनौट गर्न सकिने व्यवस्था थियो । न्युयोर्क राज्यको अर्नड इन्कम ट्याक्स क्रेडिट पाएकाहरुले यो २७० डलरको राहत चेक पनि पाउनेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com