यी हुन् अमेरिकाका टपटेन युनिभर्सिटी, पहिलो प्रिन्सटन, हार्वर्ड तेश्रोमा


प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार

woman wearing academic cap and dress selective focus photography

यूएस न्यूजले अमेरिकाका उत्कृष्ट युनिभर्सिटीको वार्षिक सूची जारी गरेको छ। सूचीमा सार्वजनिक र निजी सहितका कलेजहरुको मिश्रण रहेको छ । जसले स्नातक र स्नातकोत्तर कार्यक्रमहरू संचालन गर्छ ।

यसले शैक्षिक शत्र २०२२ / २३ र कुल स्नातक भर्नाको लागि ट्युसन लागत र शुल्कहरू बारे विवरणहरू पनि प्रदान गर्दछ। तेस्रो, सातौं र दशौं स्थानका लागि बराबरी हुँदै यस वर्षको शीर्ष १० कलेजको सुची बनाइएको छ ।

एउटा पनि सार्वजनिक कलेज टपटेनमा परेको छैन ।

अमेरिकामा नम्बर १ उत्कृष्ट प्रिन्सटन युनिभर्सिटी

प्रिन्सटन युनिभर्सिटी न्यू जर्सीको प्रिन्सटनमा ६ सय एकडमा रहेको निजी शैक्षिक संस्था हो।

स्नातकमा ५ हजार ३ सय २१ जनाले अध्ययन गर्ने यसमा शैक्षिक शत्र २०२२/२३ का लागि स्नातकको ट्युशन र शुल्क ५७ हजार ४ सय १० डलर रहेको छ ।

आइभी लीग स्कूलले प्रिन्सटन स्कूल अफ पब्लिक एण्ड इन्टरनेशनल अफेयर्स र स्कूल अफ इन्जिनियरिङ् र एप्लाइड साइन्स मार्फत उच्च(स्तरीय स्नातक कार्यक्रमहरू प्रदान गर्दछ।

अमेरिकी राष्ट्रपति वुडरो विल्सन, अभिनेत्री र मोडेल ब्रुक शिल्ड्स र पूर्व प्रथम महिला तथा लेखक मिशेल ओबामाले पनि यही अध्ययन गरेका थिए ।

दोश्रो देखि १० औं सम्म कुन कुन ?

दोश्रोमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी परेको छ । यो सन् १८६१ मा स्थापित भएको थियो भने ४ हजार ६ सय ३८ जना स्नातकमा भर्ना भएका छन् । यो वैज्ञानिक र प्राविधिक अनुसन्धानमा केन्द्रित छ भने पाँच स्कूलमा विभाजित छ।

तेश्रोमा येल युनिभर्सिटी, स्ट्यानफोर्ड युनिभर्सिटी र हार्वर्ड युनिभर्सिटी परेका छन् । उनीहरु तेश्रोमा बराबर भएका हुन् । न्यू हेभन, कनेक्टिकटमा रहेको येल युनिभर्सिटी १७०१ मा स्थापना भएको हो ।

यो युनिभर्सिटीमा कला र विज्ञानको स्नातक स्कूल रहेको छ भने र १३ व्यावसायिक स्कुलहरु मिलेर बनेको छ । यो नाटक र संगीत कार्यक्रमको लागी परिचित छ। जर्ज डब्ल्यू बुश, मेरिल स्ट्रिप र एडवर्ड नोर्टन लगायतले यही युनिभर्सिटीमा पढेका थिए ।

स्ट्यानफोर्ड पनि एक निजी संस्था हो जुन १८८५ मा स्थापित भएको थियो। यो क्यालिफोर्नियाको बे एरिया र सान फ्रान्सिस्कोबाट ३० माइलमा अवस्थित छ।

छैठौंमा युनिभर्सिटी अफ शिकागो परेको छ भने सातौंमा पेन्सिलभेनिया युनिभर्सिटी र जोन हप्किन्स युनिभर्सिटी बराबर भएका छन् । नवौंमा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी परेको छ ।

नर्थवेस्टर्न युनिभर्सिटी र ड्यूक युनिभर्सिटी भने दशौंमा बराबर भएका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com