टाइम्स स्क्वायरको हायात होटलको ५४ तलाबाट हाम फालेकी महिलाको मृत्यु
प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार
बुधवार दिउँसो न्युयोर्कको टाइम्स स्क्वायरमा रहेको होटलको रूफटप बारबाट हाम फालेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। २६ वर्षीया महिलालाई दिउँसो साढे ३ बजे अगाडि हायात सेन्ट्रिक टाइम्स स्क्वायर न्यूयोर्कको ५४ औं तलाको बारबाट हाम फालेको देखिएको थियो ।
उनी २७ तलाको बरण्डामा ठोक्किएर उक्त बरण्डामा अड्केकी थिइन् । आपतकालीन उद्धारकर्ताहरूले महिलालाई बरण्डामा अचेत र अनुत्तरदायी अवस्थामा फेला पारेका थिए । उनलाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।
मेडिकल परीक्षकले मृत्युको आधिकारिक कारण निर्धारण गर्न बाँकी रहेको छ । घटनापछि ५४ तलामा रहेको बार बन्द गरिएको थियो । ती महिला होटलमा बसिरहेकी थिइन् वा रूफटप बारमा मात्रै गएकी थिइन् भन्ने प्रष्ट छैन । यो बार न्युयोर्क सिटीको होटलमा उचाईमा रहेको मध्येको एउटा खुला बार हो ।
हयात सेन्ट्रिक होटलले महिलाको परिवारप्रति संवेदना व्यक्त गरेको छ । साथै सबै मिडिया सोधपुछहरू प्रहरीसँग गर्न सुझाव दिएको छ ।
होटेलमा भएको घटनाप्रति दुःखी रहेको मृतकको परिवार प्रति समवेदना व्यक्त गरिएको हायात होटल्स कर्पोरेशनका महाप्रबन्धक टम ब्लन्डेलले एक विज्ञप्तिमा भनेका छन् ।