क्यालिफोर्नियामा सिरियल किलर प्रहरीको फन्दामा, अहिलेसम्म ६ हत्या
प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार
क्यालिफोर्निया प्रहरीले शनिबार छ जनाको ज्यान लिने सिरियल किलरलाई पक्राउ गरेका छन्।
४३ वर्षीय वेस्ले ब्राउनलीलाई प्रहरी टोलीले पछ्याइरहेको थियो । शनिबार दिउँसो २ बजेको हत्या गर्ने योजनाका साथ निस्केको उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पार्क वरपर, अँध्यारो ठाउँहरू वरिपरि, रोकिँदै, वरपर हेर्दै, फेरि हिंड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ गर्ने बेला ब्राउनलीले कालो कपडा लगाएको थियो भने उसको घाँटीमा मास्क थियो । साथै हिरासतमा लिँदा उसँग बन्दुक पनि रहेको प्रहरीले जनाएको छ ।
आफूहरुले अर्को हत्या हुनबाट रोकेको प्रहरीले जनाएको छ । जुलाई ८ र सेप्टेम्बर २७ को बीचमा भएका पाँच हत्याहरू ती व्यक्तिसँग सम्बन्धित भएको प्रहरी दावी छ । सबै पाँचजना पीडित एक्लै थिए र उनीहरूलाई साँझ वा बिहानको समयमा गोली हानिएको थियो ।
मारिएकामध्ये चार जना २१ देखि ५४ वर्षका हिस्पानिक पुरुष थिए भने पाँचौं ३५ वर्षका पुरुष श्वेत थिए। सन् २०२१ को एउटा गोलीकाण्डपनि यससँग सम्बन्धित भएको जनाइएको छ ।
अधिकारीहरूले गतसाता यी व्यक्तिबारे जानकारी दिनेलाई १ लाख १५ हजार पुरस्कार दिने घोषणा गरेका थिए । त्यसपछि समुदायबाट सयौं टिप्सहरु प्राप्त भएका थिए ।