अमेरिकामा १० देखि २० हजारसम्म विद्यार्थी ऋण मिनाहाका लागि आवेदन पूर्णरुपमा खुला
प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार
बाइडेन प्रशासनले विद्यार्थी ऋण राहत खोज्नेहरुका लागि आवेदन पूर्णरुपमा खुला गरेको छ । यस अगाडि शुक्रबार आवेदनको बिटा भर्सनको सुरुवात गरिएको थियो ।
राष्ट्रपति बाइडेनले आज आज कि लाखौं कामदार र मध्यम वर्गका मानिसहरूले आवेदन दिन र राहत पाउन सक्नेगरी ऋण मिनाहाका लागि आवेदन खुला गरिएको घोषणा गर्दै भने – ‘यो लाखौं अमेरिकीहरूका लागि गेम चेन्जर हो । यो वेबसाइटलाई यति छोटो समयमा बनाउनको लागि अविश्वसनीय मात्रामा प्रयास भयो।’
गत अगस्टमा राष्ट्रपति बाइडेनले बार्षिक १ लाख २५ हजार भन्दा कम आम्दानी हुनेहरुको १० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णय घोषणा गरेका थिए । त्यस्तै पेल अनुदान प्राप्त गर्नेहरुका सन्दर्भमा भने २० हजार डलरसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेका थिए ।
आजबाट डिपार्टमेन्ट अफ एजुकेशनले विद्यार्थी ऋण मिनाहाका लागि आवेदन दिने वेबसाइट पूर्णरुपमा संचालन गरेको हो ।
आवेदन दिने फारममा ऋण मिनाहाका लागि को योग्य छ र यसले कसरी काम गर्छ भन्ने जानकारी समावेश गरिएको छ । यसले आवेदकहरूलाई उनीहरूको पूरा नाम, सोसल सेक्युरिटी नम्बर, जन्म मिति, फोन नम्बर र इमेल ठेगाना सहित जानकारीको लागि सोध्नेछ।
सन् २०२३ को डिसेम्बर ३१ सम्म आवेदन दिन सकिनेछ ।