हजारौं डलरको राहत पाउन लाखौं अमेरिकन अझै पनि योग्य, दाबी गर्ने समय १ महिना
प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार
लाखौं अमेरिकीहरू अझै पनि कोरोना महामारीको राहत चेक प्राप्त गर्न योग्य रहेका छन् । केही घरपरिवारहरू सम्भवतः ठूलो भुक्तानीको लागि प्रतिक्षामा रहेका छन् ।
९० लाख भन्दा बढी प्रायः कम आय भएका अमेरिकीहरूले महामारीको बेलामा वितरण गरिएका विभिन्न राहत चेकहरु पूर्णरुपमा वा आंशिक रुपमा अझै दावी नगरेको आईआरएसले एक समाचार विज्ञप्तिमा जनाएको छ ।
गत वर्ष आम्दानी नभएतापनि धेरैले अझै पनि राहत चेक प्राप्त गर्न योग्य छन् । एक्सटेण्डेट चाइल्ड ट्याक्ट क्रेडिट, रिकभरी रिबेट क्रेडिट र अर्नड इन्कम क्रेडिट सहित राहत चेकहरु लिन उनीहरूले ट्याक्स रिटर्न फाइल गर्न आवश्यक हुनेछ।
मानिसहरूले यी कर क्रेडिटहरूलाई बेवास्ता गरेको आफूहरुले नचाहने र आइआरएसबाट आउने पत्रहरूले उनीहरूको सम्भावित योग्यता र उनीहरूले गर्न सक्ने कदमहरूको सम्झना गराउने आईआरएस आयुक्त चक रेटिगले एक विज्ञप्तिमा भनेका छन् ।
यद्यपि अक्टोबर १७ सोमबार एक्स्टेन्सन पाएका व्यक्तिहरूका लागि ट्याक्ट फाइल गर्ने अन्तिम मिति रहेको थियो । तर पनि निशुल्क फाइल कार्यक्रम अन्तरगत ट्याक्स रिटर्नहरू पेश गर्नका लागि सफ्टवेयर भने नोभेम्बर १७ सम्म खुला रहने आईआरएसले जनाएको छ ।
सन् २०२१ मा ७३ हजार वा सोभन्दा कम कमाउने जो कोहीलाई पनि निशुल्क कर फाइल गर्नसक्ने टुल उपलब्ध छ। यो अंग्रेजी र स्पानिस दुवै भाषामा उपलब्ध छ। आईआरएस ले विभिन्न कर क्रेडिटहरूका लागि योग्य देखिने तर दाबी गर्नको लागि ट्याक्स रिटर्न फाइल नगरेका मानिसहरूका लागि विशेष रिमाइन्डर पत्रहरू पठाइरहेको छ ।
कुल मिलाएर मानिसहरूले एक्सटेण्डेट चाइल्ड ट्याक्ट क्रेडिट, प्रति व्यक्ति १४ सय डलरको राहत चेक, डेकेयरको लागि भुक्तान गरेकाहरुका लागि बच्चा र आश्रित हेरचाह क्रेडिट जोडेर पाँच अंकसम्मको भुक्तानी प्राप्त गर्न सक्छन्।
एक्सटेण्डेट चाइल्ड ट्याक्ट क्रेडिट अन्तर्गत, कम र मध्यम आय भएका आमाबाबुले ६ देखि १७ वर्षका प्रत्येक बालबालिकाको लागि ३ हजार डलर र ६ वर्ष मुनिका प्रत्येक बालबालिकाको लागि ३६ सय डलर सम्म प्राप्त गर्न सक्नेछन्।