आगामी १२ महिनामा अमेरिकामा आर्थिक मन्दीको शतप्रतिशत सम्भावना


प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार

अमेरिकी अर्थतन्त्र आगामी १२ महिनाभित्र मन्दीमा फस्ने शतप्रतिशत सम्भावना रहेको एक नयाँ ब्लूमबर्ग अर्थशास्त्र पूर्वानुमान मोडेलले सोमबार जनाएको छ । संसदमा नियन्त्रण निर्धारण गर्ने मध्यावधी चुनावको केही हप्ता अघि यस्तो गम्भीर प्रक्षेपण गरिएको हो ।

एक हप्ता अघि राष्ट्रपति जो बिडेनले मन्दीको सम्भावना नहुने कुरामा जोड दिएका थिए । उनले कुनै उतारचढाव आएपनि यो अत्यन्तै थोरैमात्र हुने बताएका थिए ।

अमेरिकी अर्थतन्त्रले दशकौंको उच्च मुद्रास्फीति, फेडरल रिजर्भको ब्याजदर वृद्धि र बढ्दो भूराजनीतिक तनावको सामना गरिरहेकोले ब्लूमबर्ग इकोनोमिक्सको पछिल्लो तथ्याङ्कीय प्रक्षेपणले आगामी १२ महिनाभित्र मन्दीको शतप्रतिशत सम्भावना देखाएको हो ।

ब्लूमबर्ग मोडेलको पछिल्लो पछिल्लो अपडेटमा मन्दीको सम्भावना ६५ प्रतिशत थियो। अर्थशास्त्री अन्ना वोङ र एलिजा विङ्गरद्वारा निर्मित, मोडेलले भविष्यमा एक महिनादेखि दुई वर्षसम्मको मन्दीको अवस्थाको मूल्याङ्कन गर्न १३ वटा समष्टि आर्थिक र वित्तीय सूचकहरू प्रयोग गर्छ।

पूर्वानुमान मोडेलले मन्दी अपेक्षा गरिएभन्दा अगाडि हुनसक्ने २५ प्रतिशत सम्भावना देखाएको छ । हालका महिनाहरूमा गहिरो मन्दीको डर बढेको छ किनभने फेडरल रिजर्भ मुद्रास्फीतिलाई शान्त पार्न ब्याज दरहरू बढाएको छ। अमेरिकी अर्थतन्त्रका आवास बजार लगायतका क्षेत्रमा पहिले नै सङ्घर्षका संकेतहरू देखाइसकेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com