नोभेम्बर ३ देखि विज्ञापनसहितको नेटफ्ल्क्सि प्रतिमहिना ६ डलर ९९ सेन्टसमा


प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार

man watching Netflic Unsplash

नेटफ्लिक्सले नोभेम्बरदेखि विज्ञापनहरू सहित कम मूल्यको मासिक ग्राहक योजना प्रस्तुत लागु गर्ने भएको छ । ग्राहकहरुको संख्या घटेको र अन्य स्ट्रिमिङ प्रदायकहरूबाट बढ्दो प्रतिस्पर्धाको सामना गरेपछि नेटफ्लिक्सले नयाँ योजना ल्याएको हो ।

प्रति महिना ६ डलर ९९ सेन्टसमा विज्ञापनसहित नेटफ्लिक्समा आधारभूतले शो र चलचित्रहरू हेर्न सकिनेछ । तर भिडियोको सुरुमा र बीचमा १५ देखि ३० सेकेण्डसम्मको विज्ञापन हेर्नुपर्नेछ । औषतमा हरेक घण्टा ४ देखि ५ मिनेटको विज्ञापन आउनेछ ।

नयाँ योजनाका प्रयोगकर्ताहरूले अफलाइन हेर्न सामग्री डाउनलोड गर्न सक्ने छैनन्। यस वर्षको पहिलो त्रैमासिकमा कम्पनीले एक दशकमै सबैभन्दा धेरै झण्डै २ लाख ग्राहकहरू गुमाएको थियो । कम्पनीले मे महिनामा कम्तिमा १५० कर्मचारी, दर्जनौं ठेकेदार र पार्टटाइम कामदारहरूलाई हटाएको थियो ।

कम मूल्यको योजनाको सुरुवात साथसाथै कम्पनीले यसको आधारभूत योजना प्रति महिना ९ डलर ९९ सेन्टसमा अपग्रेृड गर्नेछ । विज्ञापन सहितको सस्तो योजना १२ देशहरूमा उपलब्ध हुनेछ भने संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ मा सुरु हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com