अरु डिभी आवेदनमा सुचीकृत दम्पत्ति र छोराछोरीले छुट्टै डिभी भर्न मिल्छ ?


प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार

डिभी आवेदन दिंदा विवाहितले दम्पत्तिको विवरण समेत भर्नुपर्छ भने सन्तान हुनेहरुले २१ बर्षभन्दा कम उमेरका सबै सन्तानको विवरण उल्लेख गर्नुपर्छ । आफूसँगै अमेरिका नआउने भएतापनि उनीहरुको विवरण डिभी भर्दा उल्लेख गर्नुपर्छ ।

२१ बर्षभन्दा कम उमेरका व्यक्ति बाबुआमाको डिभी लोटरीको फर्ममा सुचीकृत भएतापनि छुट्टै डिभी समेत भर्न मिल्छ । यदि सन्तानले डिभीको योग्यता आफै पूरा गर्छन् भने उनीहरुले छुट्टै डिभी फर्म भर्न सक्छन् ।

अमेरिकी दूतावास काठमाडौं

त्यसैगरी हरेक दम्पत्तिले फरक फरक डिभी फर्म भर्न सक्छन् । तर उनीहरु दुबैले डिभीका लागि योग्यता भने पूरा गरेको हुनुपर्छ । साथै एकअर्काको फर्ममा एकअर्काको विवरण समेत समावेश गर्नुपर्छ । यसो हुँदै दम्पत्तिमध्ये कुनै एक छनौट भएमा त्यसको आश्रितका रुपमा दुबैजना अमेरिका आउन पाउँछन् ।

तर एउटै व्यक्तिको आवेदन दुईपटक भने पेश गर्नु हुँदैन । यदि कसैले एउटै आर्थिक बर्षका लागि दुईपटक डिभी भरेमा वा दुईवटा कन्फर्मेशन नम्बर प्राप्त भएमा त्यस्तो व्यक्ति डिभीको लागि स्वत अयोग्य हुन्छ ।

अमेरिकी दूतावास काठमाडौंले भिसा च्याटका क्रममा दिएको जवाफमा आधारित ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com