डिभी भर्दा गरेका कस्ता गल्ती डिभी परेपछि सच्याउन मिल्छ? कस्ता मिल्दैन ?
प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/01/US-Embassy-in-Kathma.jpg?fit=800%2C533&ssl=1)
डिभी भर्दा गरेका केही सामान्य गल्ती डिभी परेपछि सच्याउन मिल्छ । कुनै आशयविनाका प्रशासनिक गल्तीहरु डिभी परेपछि डीएस २६० भर्ने क्रममा सच्याउन मिल्छ ।
उदाहरणका लागि नामको स्पेलिंगमा भएको सामान्य गल्ती, स्थान वा ठेगानाको स्पेलिंगमा भएका सामान्य गल्ती, ठेगाना लेख्दा संरचनामा भएको गल्ती, नेपाली पात्रोबाट अँग्रेजी पात्रोमा जन्ममिति रुपान्तरण गर्दा उल्लेख भएको गलत जन्ममिति जस्ता विवरणहरु डीएस २६० भर्दा सच्याउन मिल्छ ।
त्यस्तै सिटीको नाम उल्लेख गर्दा जिल्लाको नाम उल्लेख गरेको खण्डमा वा जीपकोडमा त्रुटी भएमा त्यस्ता प्रकारका त्रुटीहरु पनि पछि सच्याउन मिल्छ ।
यदि डिभी भर्दा पेश गरेको विवरण आवेदकको ज्ञान अनुशार सही थियो र नियतवश ढाँटेको होइन भने त्यस्तो प्रशासनिक गल्तीहरु सच्याउन मिल्छ । सही नियतका साथ भएको प्रशासनिक त्रुटीका कारण डिभीको योग्यतामा असर पर्दैन ।
तर परिवारका सदस्यहरु उल्लेख गर्नमा छुटेको गल्ती जस्ता सामाग्रीगत त्रुटीहरु भने सच्याउन मिल्दैन । त्यसैले डिभी भर्दा विवाहितले दम्पत्तिको विवरण समेत भर्नुपर्छ भने सन्तान हुनेहरुले २१ बर्षभन्दा कम उमेरका सबै सन्तानको विवरण उल्लेख गर्नुपर्छ । आफूसँगै अमेरिका नआउने भएतापनि उनीहरुको विवरण डिभी भर्दा उल्लेख गर्नुपर्छ ।
अमेरिकी दूतावास काठमाडौंले भिसा च्याटका क्रममा दिएको जवाफमा आधारित ।