बेलायतका प्रधानमन्त्री ट्रसद्वारा राजीनामा घोषणा, अक्टोबर २८ सम्म नयाँ प्रधानमन्त्री


प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गर्नुभएको छ ।

कर कटौतीको उहाँको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरू मध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजिनामा घोषणा गर्नुपरेको हो । डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफुले प्रधानमन्त्रीबाट राजिनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्रीको रूपमा रहने बताउनुभएको थियो ।

प्रभावशाली सांसद ग्राहम ब्राडीले खेल समाप्त भएको बताएपछि उहाँले भन्नुभयो, “हामी सहमत भएका छौं कि अर्को हप्ताभित्र नेतृत्वको चुनाव सम्पन्न हुनेछ । यसले हामी हाम्रो वित्तीय योजना पूरा गर्ने बाटोमा रहन र हाम्रो देशको आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षा कायम राख्न सुनिश्चित गर्दछ ।” उहाँले थप्नुभयो, “उत्तराधिकारी नछानिएसम्म म प्रधानमन्त्रीकै रुपमा रहनेछु ।”

लेबर पार्टीका नेता केइर स्टार्मरले विपक्षी दलले ट्रसको छोटो, संकटग्रस्त कार्यकालपछि ‘अब’ आम निर्वाचनको माग गर्नुभएको छ ।

हाउस अफ कमन्समा बुधबार अबेर राति भएको एक महत्वपूर्ण मतदानमा एक प्रमुख मन्त्रीले राजीनामा दिएको र टोरीका धेरै सांसदले विद्रोह गरेपछि ट्रस प्रधानमन्त्रीका रूपमा राजिनामा घोषणा गर्न बाध्य हुनुभएको हो । बिहीबार बिहानसम्म, एक दर्जनभन्दा बढी कन्जरभेटिभ सांसदहरूले सार्वजनिक रूपमा ट्रसलाई राजीनामा दिन आग्रह गरेका थिए ।

उहाँको कर कटौतीको योजनाले पहिले नै गम्भीर लागत र जीवनयापन सङ्कटको समयमा बजारमा मन्दी निम्त्याएको छ ।

धेरैले ब्राडीलाई हटाउनलाई माग गर्दै पत्रहरू बुझाएको रिपोर्ट गरिएको थियो । यद्यपि पार्टी नियमहरूले १२ महिनाको लागि अर्को नेतृत्व अभियानलाई निषेध गरेको थियो ।

“प्रधानमन्त्रीले हिजोको दिन निकै कठिन रहेको स्वीकार्नुभएको छ र उहाँले जनताले सरकारलाई राजनीतिमा कम र आफ्ना प्राथमिकता पूरा गर्न बढी ध्यान केन्द्रित गरेको हेर्न चाहेको महसुस गर्नुभएको छ,” उहाँका सरकारी प्रवक्ताले पत्रकारहरूसँग भन्नुभयो । प्रवक्ताको यो भनाइ आएको दुई घण्टा नबित्दै प्रधानमन्त्री ट्रसले राजिनामाको घोषणा गर्नुभएको छ ।

अर्को प्रधानमन्त्री अक्टोबर २८ सम्ममा छनोट हुने

बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ ।

“अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ। त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ,” अध्यक्ष ग्राहम ब्राडीले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com