दीपावलीमा न्युयोर्क सिटीका विद्यालयमा छुट्टी दिइने


प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार

lighted candle on black metal holder

न्युयोर्क सिटी दीपावलीलाई स्कूल बिदा बनाउने योजनाको साथ अगाडि बढिरहेको मेयर एरिक आडम्सले जानकारी दिएका छन् । दक्षिण एसियाली र इन्डो क्यारिबियन अधिकारकर्मीहरुको महिनौंको दबाब पछि न्युयोर्क सिटीले दिपावलीमा विद्यालयमा विदा दिने भएको हो ।

डिपार्टमेन्ट अफ एजुकेशनको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आडम्स प्रशासनका अधिकारीहरूले अर्को वर्षदेखि दीपावलीमा विद्यालयहरुम बिदा दिने राज्यको विधान घोषणा गरेका छन् । क्वीन्सबाट राज्य संसदमा प्रतिनिधित्व गर्ने जेनिफर राजकुमारले दिपावलीमा स्कुल विदा दिने बिल प्रस्ताव गरेकी थिइन् ।

सिटीका अधिकारीहरूले दीपावलीलाई स्कूल बिदा बनाउनवर्षको कम्तिमा १८० दिन स्कूल संचालन गनुपर्ने राज्यको नियमले अप्ठ्यारो हुनसक्ने जनाइएको थियो । यदि सफल भएमा नयाँ विद्यालय बिदाले एडम्सको अभियान प्रतिज्ञा पूरा गर्नेछ।

यो दीपावली मनाउनेहरुका लागिमात्र नभई सबै विद्यार्थीहरूका लागि महत्त्वपूर्ण रहेको विद्यालय कुलपति डेभिड बैंक्सले बताए । न्युयोर्क सिटीका विद्यार्थीहरूको शिक्षाको बारेमा कुरा गर्दा न्युयोर्क सिटीमा सारा संसार बस्छ भनेर चिन्नुपर्ने उनले बताए ।

अन्धकारमा प्रकाशको आध्यात्मिक उत्सव दीपावली हिन्दू, बौद्ध, सिख र जैनहरूले विश्वव्यापी रूपमा मनाउँछन् । यो वर्ष दिवापली अक्टोबर २४ मा पर्छ।

राज्य सांसद जेनिफर राजकुमारले ब्रुकलिन क्वीन्स डेलाई १८०० को दशकमा सिर्जना गरिएको एक अस्पष्ट र पुरातन दिन भनेर वर्णन गर्दै त्यसको साटो दिपावली विदा प्रस्ताव गरेकी थिइन् ।

ईद, लुनार नयाँ वर्ष धेरै अन्य दिनहरू र अन्य धेरै संस्कृतिहरूसँग गरिएको भएतापनि हिन्दू, सिख, जैन र बौद्ध विद्यार्थी र समुदायहरूलाई हामी तपाईंलाई देख्छौं, हामी तपाईंलाई स्वीकार गर्छौं भनेर भन्न लामो समय लागेको मेयर आडम्सले बिहीबार बताए ।

यस कदमका समर्थकहरू यस वर्षको छुट्टीको अघि आडम्सले वाचा पूरा गर्न असफल भएको भन्दै निराश भएका थिए । पूर्व मेयर बिल डे ब्लाजिओले सन् २०१५ मा स्कूल क्यालेन्डरमा लुनार नयाँ वर्ष थपेका थिए । त्यस अगाडि दुई मुस्लिम पवित्र दिनहरू ईद अलफित्र र ईद अल अधा थपिएको थियो ।

दुई दशकभन्दा बढी समयदेखि, न्यूयोर्कमा दक्षिण एसियाली र इन्डोक्यारेबियनहरू दीपावलीको स्कूल बिदाको लागि लडिरहेका थिए । जेनिफर राजकुमारले भनिन् – ‘भारत, गायना, ट्रिनिडाड, इन्डो क्यारिबियन, नेपाल, बंगलादेश र दक्षिण एसियाली डायस्पोराका न्यूयोर्कवासीहरु, हामी तपाईंलाई देख्छौं।’

दीपावलीलाई विद्यालय बिदाको रूपमा मनाउन लामो समयदेखि दबाब दिने क्वीन्स डेमोक्र्याटिक डिस्ट्रिक्ट नेता डा नीता जैनले लामो पर्खाइ सार्थक भएको बताइन् । दिपावली मनाउने बालबालिकाले हरेक वर्ष विद्यालय र आफ्नो उत्सवको बीचमा छनोट गरिरहेका थिए, जबकि अन्य बालबालिकाले आफ्नो परिवारसँग चाडपर्व मनाउँदै आएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com