फाइजरले अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिनको मूल्य प्रति डोज १३० डलरसम्म बनाउने
प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार
फाइजरले सरकारको हालको खरिद कार्यक्रमको म्याद सकिएपछि खोपको मूल्य लगभग चार गुणा बढाएर ११० डलरदेखि १३० डलरसम्म बनाउने अपेक्षा गरिएको फाइजरले बताएको छ ।
हाल सरकारले सबैलाई निःशुल्क उपलब्ध गराएको खोप भविश्यमा निजी बीमा वा सरकारी भुक्तान गरिएको बीमा भएका व्यक्तिहरूलाई निशुल्क उपलब्ध हुनेछ ।
कोरोनाविरुद्धका खोपहरूको कमजोर मागका कारणले यस्तो मूल्य वृद्धिको अपेक्षा गरिएको थियो । जसको मतलब भ्याक्सिन निर्माताहरूले २०२३ र त्यसपछिका लागि राजस्व पूर्वानुमान पूरा गर्न मूल्यहरू बढाउनु पर्नेछ ।
अमेरिकी सरकारले हाल फाइजर भ्याक्सिनलाई प्रतिडोज ३० डलर तिर्दै आएको छ । अमेरिकामा सार्वजनिक स्वास्थ्य आपतकाल समाप्त भएपछि कोरोना भ्याक्सिनको बजार निजी बीमामा सर्ने अपेक्षा गरिएको छ।
खोपको अमेरिकी मूल्य बिन्दुले यसको समग्र लागत प्रभावकारितालाई प्रतिबिम्बित गर्ने बताउँदै फाइजरले मूल्यका कारण बिरामीहरूको पहुँचको लागि बाधा नहुने बताएको छ । स्वास्थ्य बीमा नभएका व्यक्तिहरूले खोपमा कस्तो किसिमको पहुँच राख्ने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
फाइजरका अनुशार खोपको बजार वयस्कहरूको लागि वार्षिक आधारमा फ्लू शट बजारको आकारको हुने अपेक्षा गरेको छ । तर बाल चिकित्सा बजारले अहिलेसम्म दिइएको शटहरूको आधारमा निर्माण गर्न लामो समय लिनेछ।
अहिलेसम्म अमेरिकामा कोरोनाभाइरसको मुख्य स्ट्रेन र ओमिक्रोन स्ट्रेन दुवैलाई लक्षित गर्ने अद्यावधिक गरिएको कोरोनाविरुद्धको बुस्टर शट लगाउने दर निकै कम रहेको छ । धेरै मानिसहरू बूस्टरका लागि योग्य भए पनि लगाएका छैनन् ।
नयाँ अपडेटेड बुस्टर डोज सुरु गरिएको ६ हप्तमा अमेरिकामा लगभग १४ दशमलव ८ मिलियन मानिसहरूले मात्र लगाएका छन् । सन् २०२१ मा तेश्रो डोज सुरु गरेको ६ हप्तामा २२ मिलियनले खोप लगाएका थिए । जबकी त्यतीबेला बढी उमेरका र प्रतिरोध क्षमता कम भएकाहरुमात्र खोपका लागि योग्य थिए ।
सन् २०२३ को पहिलो त्रैमासिक भन्दा अगाडि भ्याक्सिनको खरीद निजी क्षेत्रमा हस्तान्तरण हुने अपेक्षा भने गरिएको छैन ।