अमेरिकामा सिनेटको आगामी नोभेम्बरको चुनावमा परिणाम परिवर्तन हुनसक्ने १० सिट


प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार

अहिलेको अमेरिकी सिनेट पचास पचासमा विभाजित छ । र उपराष्ट्रपतिले टाइब्रेक गर्नसक्ने अधिकारका कारणमात्र सिनेटमा डेमोक्रेटिक पार्टीको झिनो बहुमत कायम रहेको छ । तर नीतिगत बिलहरु पारित गर्न फिलिबस्टर ६० भोटको आवश्यकता पर्ने भएकाले राष्ट्रपति जो बाइडेनका कैयन एजेण्डाहरुले सिनेटमा तगारोको सामना गर्नुपर्ने अवस्था रहेको छ ।

कुनै पनि नीतिगत बिलहरु पारित गर्न डेमोक्र्याट्सहरुले १० जना रिपब्लिकन सिनेटरहरुलाई सहमत गराउन जरुरी हुन्छ । तर पार्टी लाइन अनुशार चलेको खण्डमा १० जना सिनेटरहरुको समर्थन जुटाउन निकै मुस्किल हुनेगर्छ । सिनेटमा डेमोक्र्याट्सको झिनो बहुमतका कारण अध्यामगन लगायतका कैयन बिलहरुको भविश्य अन्यौलमा रहेको छ ।

सन् २०२२ को चुनावमा १० वटा सिट उल्टाउनसक्ने पार्टीले फिलिबस्टर बहुमत कायम गर्नसक्छ । तर त्यो सहज भने छैन । त्यसैले विगतमा फरक पार्टीले जीतेको स्थानमा कसरी आफूले जीत हासिल गर्ने भन्ने सन्दर्भमा डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीको ध्यान सन् २०२२ को चुनावतिर देखिएको छ ।

मध्यावधिमा चुनाव हुँदै गरेका सिटहरू मध्ये पेन्सिभेनिया, जर्जिया, एरिजोना, नेभाडा, नर्थ क्यारोलिना, विसकन्सिन, न्यु ह्याम्पशायर, ओहायो, फ्लोरिडा र कोलोराडो लगायतका राज्यहरुबाट सिनेट नियन्त्रणको निर्णय हुनसक्नेछ ।

सन् २०२२ मा हुने सिनेटको चुनावमा डेमोक्र्याट्सले फिलिबस्टर कायम गर्नुभन्दा अहिलेको नियन्त्रण पनि गुमाउने सम्भावना बढी रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com