१४ सय डलरको राहत चेकबारे आईआरएसले पत्र पठाउँदै, के तपाईले अझै पाउन बाँकी छ ?


प्रकाशित मिति : कार्तिक ६, २०७९ आईतबार

राहत चेक पाउन बाँकी अमेरिकीहरूलाई आगामी हप्ताहरूमा हुलाकबाट आईआरएसले पत्र पठाउने भएको छ । सन् २०२० र २०२१ मा १६५ मिलियन अमेरिकनले झण्डै ९३१ बिलियन डलरको राहत पाइसकेपछि झण्डै १० मिलियनले अझै राहत चेकको पूर्ण वा आंशिक रकम नपाएको जनाइएको छ ।

त्यो बाहेक आइआरएसले चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिट लगायतका अन्य मुख्य कर लाभहरू नपाएकाहरुलाई पनि पत्र पठाउने भएको छ । आगामी केही हप्ताहरूमा आईआरएसले नौ मिलियन भन्दा बढीलाई हुलाकबाट पत्र पठाउदैछ ।

अंग्रेजी र स्पेनिस भाषामा हुने पत्रहरुमा अझै पनि पैसा लिन बाँकी छ कि छैन भनी बताइनेछ । यदि तपाइँले अझै पनि पैसा लिन बाँकी छ भने सबैभन्दा सरल उपाय भनेको ट्याक्स फाइल गर्नु हो।

विशेष गरी राहत चेकका लागि करहरूमा रिकभरी रिबेट क्रेडिट दाबी गर्न आवश्यक छ। आईआरएसले सम्भावित रूपमा योग्य व्यक्तिहरूलाई, विशेष गरी परिवारहरूलाई उनीहरु कर क्रेडिटहरूको लागि योग्य हुन सक्ने कुरा सम्झाउन चाहेको आईआरएका आयुक्त चक रेटिगले बताएका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com