अमेरिकाको मिजौरीमा विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु, बन्दकधारी २० बर्षीय


प्रकाशित मिति : कार्तिक ७, २०७९ सोमबार

अमेरिकाको मिजौरी राज्यको दक्षिण सेन्ट लुइसको सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्टस् हाई स्कूलमा सोमबार बिहान भएको गोलीकाण्डमा संदिग्धसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

एक महिलाको अस्पतालमा मृत्यु भएको र एउटी किशोरीलाई बन्दुकको गोली लागेर स्कूल भित्र मृत घोषित गरिएको जनाइएको छ । गोली हान्ने २० बर्षको संदिग्ध पुरुषलाई पनि स्कूल भित्र गोली हानिएको थियो र अस्पतालमा मृत घोषित गरिएको थियो।

do not cross police barricade tape close-up photography

प्रहरीले गोली चलाउने व्यक्तिलाई फेला पारेपछि भएको गोली हानाहानको क्रममा बन्दुकधारी मारिएको प्रहरीको भनाई छ । बन्दुकधारीको पहिचान खुलाइएको छैन ।

साउथ किंग्सहाईवे र आर्सेनल स्ट्रिटमा बिहान ९ बजेपछि गोली चलेको बताइएको छ । सोमबार बिहान विद्यालयको ढोका बन्द गरिएको थियो र घटनास्थलमा सातजना सुरक्षाकर्मी थिए । बन्दुकधारी भवनभित्र कसरी प्रवेश गरे भन्ने कुरा भने खुलाइएको छैन।

विद्यालयका गणित शिक्षक डेभिड विलियम्सका अनुशार विद्यालयका प्रधानाध्यापक बिहान ९ बजेतिर लाउडस्पीकरमा आएर विद्यालयमा गोली चलेको संकेत गर्ने कोड वाक्यांश प्रयोग गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com