न्युयोर्कमा दुर्घटनामा १४ देखि १७ बर्षका ४ जनाको मृत्यु, १६ बर्षका चालक नियन्त्रणमा
प्रकाशित मिति : कार्तिक ७, २०७९ सोमबार
आज न्युयोर्कको बफेलोको रुट १९८ र्याम्प नजिकै भएको रोलओभर दुर्घटनामा १४ देखि १७ बर्षका ४ जनाको मृत्यु भएको छ । एकजना घाइते टिनएजरलाई अस्पतालमा भर्ना गरिएको छ।
आज बिहान भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो । एकजनालाई अस्पातालमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको बफेलो प्रहरीले जानकारी दिएको छ । एक जना अझै आईसीयुमा रहेका छन् ।
बफेलोकै १६ वर्षीय टीनएजरलाई गाडीको चालकको रूपमा पहिचान गरिएको छ । हाल उनी प्रहरी हिरासतमा रहेका छन् । उनलाई सोमबार दिउँसोसम्म अभियोग लगाइएको थियो । दुर्घटनाको अनुसन्धान जारी रहेकोले बढीमा एक वा दुईवटा आरोपहरू सामना गर्ने सम्भावना छ।
BREAKING: BPD on scene of a serious rollover accident at the 33 westbound & the 198. Motorists are asked to avoid that area with that stretch of roadway closed to vehicular traffic.
— Buffalo Police Dept (@BPDAlerts) October 24, 2022
दुर्घटनामा संलग्न गाडी आइतबार राति बफेलोबाट चोरी भएको रिपोर्ट गरिएको थियो। अत्यधिक गतिका कारण दुर्घटना भएको जनाइएको छ । अत्यधिक गतिका कारण गाडी पर्खालमा ठोकिएको जनाइएको छ ।
कारमा सवार ६ जनामध्ये ५ जना गाडीबाट बाहिर उछिट्टिएका थिए । सबै पाँच जना गाडीको सिसाको छतबाट बाहिर उछिट्टिएका थिए । चालकमात्र गाडीबाट बाहिर उछिट्टिएका थिएनन् ।
मृतकहरुको पहिचान सार्वजनिक गरिएको छैन । सबै जानकारी पुष्टि भइसकेपछि र परिवारहरूलाई सूचित गरिसकेपछि यसबारे सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।