न्युयोर्क सिटीमा ट्रेनको ढोकामा अड्केका २० बर्षका युवकलाई ट्रेनले घिसार्दा मृत्यु


प्रकाशित मिति : कार्तिक ८, २०७९ मंगलबार

time lapse photography of train in tunnel

न्युयोर्क सिटीको म्यानहटन कोलम्बस सर्कलमा ट्रेनको ढोकामा अड्केपछि सोमबार एक २० वर्षीय युवकको मृत्यु भएको छ । कपडा अड्केपछि उनीआउँदै गरेको ट्रेनको अगाडि पटरीमा घिसारिएका थिए । यो अमेरिकाको सबैभन्दा ठूलो ट्रान्जिट प्रणालीको पछिल्लो डरलाग्दो घटना हो।

३२ बर्षका डेभिड मार्टिनलाई शुक्रबार रेलको अगाडि धकेलेको तीन दिन पछि यस्तो दर्दनाक मृत्युको घटना भएको हो । ती युवक साँझ ५ बजेतिर अपर वेस्ट साइडमा रहेको ५९औं स्ट्रीट कोलम्बस सर्कल स्टेशनमा दक्षिणतर्फको १ नम्बर रेलमा चढ्न खोजिरहेका थिए । जब उनी ट्रेनभित्र छिर्नु अगाडि ढोकामा अड्किएका थिए ।

उनले अड्केको कपडा निकाल्न सकेनन् भने ट्रेनले उनलाई घिसारेरै अगाडि बढेको थियो । जसको कारण उनी लडेर लिकमा पुग्दा ट्रेनले उनलाई ठक्कर दिएको थियो । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com